२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटमा घोटाला गर्ने १० जना कर्मचारीलाई ५८ लाख ३० हजार धरौटीमा छोडन आदेश

विराटमा घोटाला गर्ने १० जना कर्मचारीलाई ५८ लाख ३० हजार धरौटीमा छोडन आदेश

कुन कर्मचारीलाई कति धरौटी ?


विराटनगर—मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आधा करोड बढी घोटला गर्ने १० जना कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ । बधुबार मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्याललको इजलासले पक्राउ परेका १० जना कर्मचारीहरूलाई ५८ लाख ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् ।

अदालतका आदेश अनुसार सबैभन्दा बढी धरौटी हस्पिटलको रिसेप्सन विलिङ एण्ड डिस्चार्ज विभागका इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका २ का २६ वर्षीय दुर्गाबहादुर बिष्ट र सुनसरी इटहरी ४ का २४ वर्षीय अश्विन भट्टराईलाई तोकेको छ । उनीहरूलाई जनही २४—२४ लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने मोरङ अदालतका सूचना अधिकारी सुवोध आचार्यले जानकारी दिए ।

उनीहरूको मिलेमतोमा हस्पिटलको ५७ हजार ९६ हजार १ सय ६० रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनीहरुले नक्कली बिरामी खडा गरी घोटाला गरेको पाइएको छ ।

यस्तै, स्वस्तिका श्रेष्ठलाई ५ लाख ४० हजार, सुशील पासवानलाई ३ लाख १ हजार, प्रभुनारायण चौधरीलाई ४० हजार, सुनिल पासवानलाई २० हजार, दिपेन्द्र तवदारलाई ३० हजार, किरण विश्वकर्माले ७० हजार, बसन्तकुमार रामलाई १० हजार र नारायण चौधरीलाई ६० हजार रुपैयाँ धरौटी रकम अदालतले तोकेको सूचना अधिकारी आर्यालयले जानकारी दिए । बुधबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरुले बहस सकपेछि थुनछेक आदेश आएको हो ।

मोरङ अदालतमा दायर अभियोगमा उल्लेख भएको विवरण अनुसार विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैयाँ, भट्टराईले २३ लाख ९० लाख ७ सय ३१ रुपैयाँ अस्पतालको रकम अपचनल गरेको खुलेको छ । यस्तै, अस्पतालका अन्य कर्मचारीहरू स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभुनारायण चौधरीले ३३ हजार ३ सय, सुशील पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, बसन्तकुमार रामले १० हजार र नरनारायण चौधरीले ५६ हजार ५ सय ७३ रुपैयाँ हिनामिना गरेको अदालतमा दायर भएका ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।

हस्पिटलका कर्मचारीको मिलेमतोमा विराट टिचिङ हस्पिटलको ५ करोड रुपैयाँ हिनामनी भएको भन्दै कारवाहीको दायरामा ल्याउन मागसहित ३ कार्तिकमा मोरङ प्रहरीमा उजुरी दिएको थियो । प्रहरीमा उजुरी परेपछि विष्ट र भट्टराईलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । अन्य ८ जनाको पनि घोटालामा संलग्न देखिएपछि पछि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रबार उनीहरु विरुद्ध मोरङ अदालतमा ठगी मुद्दा दायर भएको थियो ।

घोटालामा संग्लनमध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ । विष्ट चार वर्षदेखि र भट्टराई दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए । बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै लेखा शाखमा बुझाउने गरेका थिए । पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाइ आफै राखेर करिब पाँच करोड हिनामिना गरेको हस्पिटलको दाबी थियो । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दा ५७ लाख ९६ हजार रुपैयाँ घोटाला भएको तथ्य र प्रमाण प्रहरीले संकलन गरेको छ ।

विष्ट र भट्टराईले १० जना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दुर्गा’ नामको युजर आइटी बनाएर घोटाला गरेको प्रहरीले जनाएको छ । अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटी बापतको रकम अनधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ