२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा २ अतिरिक्त सचिव बढुवाका लागि आवेदन माग

स्वास्थ्यमा २ अतिरिक्त सचिव बढुवाका लागि आवेदन माग


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औ तहको अतिरिक्त सचिवका बढुवाका लागि आवेदन माग गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सेवामा रिक्त दुई अतिरिक्त स्वास्थ्य सचिव बढुवाका लागि आवेदन माग गरेको हो ।

कार्य सम्पादन क्षमताका आधारमा बढुवाका गर्ने भएकाले समितिले २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा (२६) १ बमोजिमको सेवा अवधि पूरा भएका ११ औं तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

बढुवा समितिले १५ दिनभित्र बढुवाका लागि आवेदन मागेको छ । स्वास्थ्यका दुई जना अतिरिक्त सचिव डा. गुणराज लोहनी र डा. श्यामसुन्दर यादवले अवकास पाएसँगै उक्त पदहरु रिक्त छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ वटा अतिरिक्त सचिव रहने व्यवस्था छ । अहिले डा. दीपेन्द्ररमण सिंह र डा. संगीता मिश्रा अतिरिक्त स्वास्थ्य सचिवका रुपमा कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)