२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्रीः काठमाडौंमा ४ मा गगन थापाको अग्रता, सप्तरी २ मा पछि परे उपेन्द्र

पूर्व स्वास्थ्यमन्त्रीः काठमाडौंमा ४ मा गगन थापाको अग्रता, सप्तरी २ मा पछि परे उपेन्द्र


काठमाडौं-चुनावी प्रतिस्पर्धामा रहेको पूर्व स्वास्थ्यमन्त्रीहरुमध्ये दुई वटाको निर्वाचनको क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधीसभातर्फ सप्तरी २ मा निर्वाचन लडेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र काठमाडौ ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका गगन थापाको क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

जसपाका अध्यक्ष यादवको निर्वाचन क्षेत्रमा उनी पछि परेका छन् । त्यहाँ जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता लिइरहेका छन् । राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोसपाका जयप्रकाश ठाकुरले १६९ पाएका छन् यादवको भने ५९ मत रहेको छ ।

यसैगरी, काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री थापाले झिनो अग्रता लिएका छन् । उनले ६६८ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी राजन भट्टराईले ६३३ मत पाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)