२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं ९ मा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विजयतर्फ अग्रसर

काठमाडौं ९ मा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विजयतर्फ अग्रसर


काठमाडौं—काठमाडौंमा ९ मा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विजयतर्फ अग्रसर भएका छन् । सुरुदेखि नै स्वतन्त्र पार्टीका उम्मेदवारसँग कडा प्रतिस्पर्धामा रहेका श्रेष्ठ १२ सय मतान्तरले अघि भएसँगै विजयतर्फ अग्रसर भएका छन् ।

श्रेष्ठले १० हजार २० मत ल्याएका छन् भने स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ८ हजार ७ सय २५ मत प्राप्त गरेका छन् ।

यहाँ सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमला तेस्रो स्थानमा छन् । उनले ५ हजार २ सय ८९ मत ल्याएकी छन् ।

यस्तै, राप्रपाका उम्मेदवार देवेन्द्र प्रधान ३ हजार ५ सय ६१ र विवेकशील साझाका उम्मेदवार मिलन पाण्डेले १ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ