२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापा जित नजिक, २० हजार मत कटाए

काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगन थापा जित नजिक, २० हजार मत कटाए


काठमाडौं—काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा जित नजिक पुगेका छन् । नेकपा एमालेका उम्मेदवार राजन भट्टराईसँग फराकिलो मतान्तर बनाएसँगै उनी लगभग जित नजिक पुगेका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २० हजार ४ सय २४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ५ सय ८५ मत पाएका छन् ।

गन्न बाँकी मतभन्दा बढीले लिड गरेपछि लगभग गगनको जित सुनिश्चित भएको हो ।

थापाले आफूलाई यो निर्वाचनमा विजयी भए प्रधानमन्त्रीका दावेदारका रुपमा पार्टीको संसदीय दलको निर्वाचन लड्ने र जितेमा प्रधानमन्त्रीमा दावी गर्ने बताउँदैं आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ