२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पराजित गर्दै कांग्रेसका अमृत अर्याल निर्वाचित

प्रदेश १ का स्वास्थ्यमन्त्रीलाई पराजित गर्दै कांग्रेसका अमृत अर्याल निर्वाचित


विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

अर्यालले मन्त्री यादवलाई ५ हजार २७८ मतले पराजित गरे । उनले १६ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए ।

तेस्रो भएका राप्रपाका राजेश बाँनियाले ३ हजार २४७ मत ल्याए । मोरङ ५ (२) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ । निर्वाचन अधिकृत गणेश नायकले मत गणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्।

यसअघि मोरङ क्षेत्र नं ५ (१) मा कांग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।

अर्याल वि.सं. २०३८ सालमा नेविसंघ मोरङको सभापति भइसकेका छन् । वि.सं. २०६४ सालदेखि लगातार नेपाली कांग्रेसको मोरङको निर्वाचित जिल्ला सभापति भएर काम गरेका छन् । नेपाली कांंग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित भएका उनी कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ