२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई हराउँदैं डलर अर्बपति चौधरी विजयी

पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई हराउँदैं डलर अर्बपति चौधरी विजयी


नवलपरासी-नवलपरासी पश्चिम–१ बाट प्रतिनिधीसभामा पूर्व स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठीलाई हराउँदैं डलर अर्बपति विनोद चौधरी विजयी भएका छन् ।बिहीबार राति सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार चौधरीले २९ हजार ४ सय ९५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले १२ हजार ४ सय ९९ मत पाए । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबाट पटक-पटक समानुपातिक सांसद बनेका चौधरी यसपटक नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचन लडेका हुन् ।

व्यवसायिक घराना चौधरी ग्रुपको नेतृत्व गर्ने उनी नेपालका डलर अर्बपतिका रुपमा चिनिन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ