२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘डाक्टरहरुले हतारमा लेख्ने औषधीका कारण मुटु र मृगौलाका विरामी बढे’

‘डाक्टरहरुले हतारमा लेख्ने औषधीका कारण मुटु र मृगौलाका विरामी बढे’


बुटवल– प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले डाक्टरहरुले हतारमा लेख्ने औषधीका कारण मुटु र मृगौलाका विरामी बढेको टिप्पणी गरेका छन् । औषधी व्यवस्था बिभागले बुटवलमा गरेको प्रदेश स्तरीय कार्यशालामा बोल्दै मन्त्री बरालले औषधीको ‘साइड इभेक्ट’का कारण मुटु र मृगौलामा समस्या बढ्दै गएको भन्दै सचेत हुनुपर्नेमा जोड दिए । उनले जथाभाबी औषधिको प्रयोगले पार्ने असर कम गर्न डाक्टर तथा उपभोक्ता दुबै संवेदनशील बन्नु पर्ने आवश्यकता औल्याए ।

कतिपय नियामक निकायकै कमजोरीका कारण समस्या देखापरेको भन्दै मन्त्री बरालले ति निकायहरुको भूमिका खुम्चिन नहुनेमा जोड दिए । उनले आयुर्वेद बिभागको भूमिका खुम्च्याउन नहुने बताए ।

एक फरक प्रसङ्गमा उनले व्यवसायिक संस्थाहरुको एकाधिकार तोड्न राज्यले आफै उद्योग सञ्चालन गर्नुपर्ने बिचार व्यक्त गरे । सरकारी लगानीमा सञ्चालित डिडिसी दुध उद्योगको उदाहरण दिदै उनले भने– ‘डि डिसी दुध उद्योग नभएको भए आजको मुल्यमा दुध पाउन सकिने थिएन । त्यसै गरी औषधी उद्योगहरु पनि खुल्नु पर्छ ।’

कार्यक्रममा औषधि वयवस्था बिभागका निमित्त महानिर्देशक पान बहादुर क्षेत्रीले खुल्ला सिमाका कारण अबैधानिक रुपमा भित्रिने औषधिका कारण पनि मानव स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको भन्दै अबैधानिक रुपमा औषधि भित्राउने कार्यलाई निरुत्साहित गर्नुपर्ने बताए ।

औषधी व्यवसायी संघ लुम्बिनीका अध्यक्ष शिव ज्ञवालीले अनुगमन फितलो भएका कारण अबैधानिक रुपमा भित्रिएका औषधीको बिक्रि बितरण हुने गरेको भन्दै अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ