२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नेशनल हस्पिटलले निकाल्यो १ हजार जनाको सहभागितामा सिओपीडी सचेतना र्‍याली

नेपाल नेशनल हस्पिटलले निकाल्यो १ हजार जनाको सहभागितामा सिओपीडी सचेतना र्‍याली


काठमाडौं-सिओपीडी सचेतना महिनाको अवसर पारेर नेपाल नेसनल हस्पिटलले १ हजार जनाको सहभागितामा सचेतना र्‍याली आयोजना गरेको छ । शनिबार ‘तपाईंको फोक्सो, तपाईको जीवन’ भन्ने नाराका साथ उक्त र्‍याली आयोजना गरिएको हो ।

नेशनल हस्पिटलको नेतृत्वमा रोटरी क्लब अफ काठमाडौँ हेल्थ प्रोफेसनल, रोट्रयाक्ट क्लब अफ नेपाल नेशनल हस्पिटल र लायन्स क्लब अफ काठमाडौँ कर्पोरेट नेपालको संयुक्त आयोजनामा उक्त र्‍याली आयोजना गरिएको हो ।

र्‍यालीमा डाक्टर, समाजसेवी, कलाकार, राजनीतिक दलका नेता, विद्यार्थी, पत्रकारलगायत १ हजार बढीको सहभागिता रहेको थियो । शनिबार बिहान ७ः३० मा हस्पिटल प्राणंगणबाट सुरु भएको जनचेतनामूलक र्‍याली कलंकी चोक, रविभवन, सोल्टीमोड, बाफल हुँदै पुनः हस्पिटल फर्किएको थियो ।

अस्पतालमा पुगेपछि आयोजित संक्षिप्त कार्यक्रममा मन्तव्य राख्दैं अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले फोक्सोलाई वायु प्रदुषण र धुम्रपानबाट जोगाउनुपर्ने बताए । ‘सिओपीडी भनेको फोकोको दीर्घ दम हो । यो धुम्रपान र वायु प्रदुषणबाट हुने गर्छ,’ डा. पौड्यालले भने, ‘यो रोग विश्वको तेस्रो स्थानमा छ भने यो रोग हुने मुलुकमध्ये नेपाल अग्रस्थानमा रहेको छ ।’

उनले विश्व सिओपीडी जनचेतना महिनाको अवसर पारेर अस्पतालले वर्षेनी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ