२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्याउको नियमित सेवनले जोगाउँछ स्मरण शक्ति : बोक्रासहित खाँदा झनै फाइदा

स्याउको नियमित सेवनले जोगाउँछ स्मरण शक्ति : बोक्रासहित खाँदा झनै फाइदा


जर्मन सेन्टर फर न्यूरोडिजेनेरेटिव डिजिजका वैज्ञानिकहरुले गरेको एक अध्ययनले स्याउ हुने दुई प्राकृतिक तत्वले अल्जाइमर र डिमेन्सियाको विकासको जोखिम कम गर्न सक्ने देखाएको छ । उमेर वृद्धिसँगै देखापर्ने यी रोगले मानवको स्मरणशक्तिमा असर गर्दछ ।

अध्ययनले स्याउको बोक्रामा केवरेसेटिन र स्याउमा डायहाइड्राक्सी बोजोइक एसिड (डिएचबिए) नामक दुई यौगिक पाइन्छ । यी तत्वले न्युरोजेनेसिस भनिने प्रक्रियामा न्यूरोन्सको सिर्जनालाई उत्प्रेरित गर्ने गर्छन् ।

न्यूरोन्स अत्याधिक उत्साहजनक कोशिका हुन्, जसले शरीरको भागमा विद्युतीय संकेतको माध्यमबाट जानकारी प्रसारित गर्छन् । यसले स्मरण क्षमता घट्ने जोखिमलाई कम गरेर नयाँ कुरा सिक्ने क्षमतालाई बढाउन मद्धत गर्छ ।

प्रयोगशाला परीक्षणमा मुसाको दिमागमा न्यूरोन उत्पादन भएको र कोषहरुमा हुने क्षतिलाई कम गर्न सकिने देखाएको थियो । तर, स्याउको रसले भने न्यूरोजेनेसिसमा उल्लेखनीय योगदान पु¥याउन सकेन । त्यसैले, एक गिलास स्याउको रसभन्दा पनि बोक्रासहितको स्याउ खानु फाइदाजनक हुने अध्ययनमा उल्लेख छ ।

स्याउका यसबाहेक पनि धेरै फाइदा छन् । स्याउको नियमित सेवनले मुटु तथा फोक्सोलाई स्वस्थ राख्ने, दिमागको क्षमता बढाउने, तौल घटाउन सहयोग गर्ने तथा क्यान्सरको जोखिमलाई पनि कम गर्न सक्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ