२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वास्थ्य संगठनले परिवर्तन गर्‍यो ‘मंकीपक्स भाइरस’को नाम

विश्व स्वास्थ्य संगठनले परिवर्तन गर्‍यो ‘मंकीपक्स भाइरस’को नाम


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स भाइरसको नामले चर्चित रोगको नाम परिवर्तन गरेको छ । डब्लूएचओले यस भाइरसलाई ‘एमपक्स’ नाम दिएको हो ।

सन् १९७० मा बन्दी बनाइएको बाँदरमा यो रोग देखिएका कारण यसलाई ‘मंकीपक्स’ भनिएको थियो । तर, यो नामले विभेद दर्शाउने भन्दै चौतर्फी विरोध भएपछि यसको नाम परिवर्तन गर्न माग भएको थियो । सोही मागको सम्बोधन गर्दै यो भाइरसलाई विज्ञ, विभिन्न राष्ट्र तथा सर्वसाधारणबीचमा भएको लामो छलफलले ‘एमपक्स’ नाम दिएको हो ।

यो शब्द अंग्रेजी र अन्यभाषीले पनि सजिलै उच्चारण गर्न सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

शरीरमा राता फोकाहरु आउने, उच्च ज्वरो आउने तथा चिलाउनेजस्ता लक्षण भएको यो रोग सन् २०२२ मा सयभन्दा बढी देशमा फैलिएको र संक्रमणबाट करिब ५० जना भन्दा बढी मानीसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो भाइरस फैलिँदा २०२२ को जुलाईमा विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालसमेत घोषणा गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)