२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ वर्षभन्दा मुनिका बच्चामा हुने पुड्कोपनाको समस्यामा सुधार

५ वर्षभन्दा मुनिका बच्चामा हुने पुड्कोपनाको समस्यामा सुधार


काठमाडौं—नेपालमा ५ वर्ष भन्दा मुनिका बच्चामा देखिने पुड्कोपनाको समस्यामा सुधार भएको पाइएको छ । हालै सार्वजनिक भएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा पाँच वर्षभन्दा मुनिका दुई हजार ७६५ जना बालबालिकामा गरेको गरिएको अध्ययनअनुसार सन् २०१६ मा ३६ प्रतिशतमा रहेको पुड्कोपनाको समस्या २५ प्रतिशतमा झरेको छ ।

नेपाल सरकारले उक्त तथ्यांकलाई सन् २०३० सम्ममा १५ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको छ ।

पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनमा सन् १९९६ मा ५७ प्रतिशत, सन् २००१ मा ५७ प्रतिशत, सन् २००६ मा ४९ प्रतिशत, सन् २०११ मा ४१ प्रतिशत र सन् २०१६ मा ३६ प्रतिशत रहेको थियो।

त्यसैगरी, तौल अनुसारको उचाइको मापन गर्दा हाल यो सङ्ख्या ७ प्रतिशत रहेको र यसलाई २०३० सम्ममा ४ प्रतिशतमा झार्ने लक्ष्य योजना सरकारको छ ।

तथ्याङ्कले एक प्रतिशत बच्चाहरूको तौल भने सुरुवाती समयजस्तै एक प्रतिशतमै स्थिर रहेको देखाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ