२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानसिक र नारायणीमा बेड खाली हुँदैन, सेन्टर जेलमा एक तिहाइ पनि भरिदैन्

मानसिक र नारायणीमा बेड खाली हुँदैन, सेन्टर जेलमा एक तिहाइ पनि भरिदैन्


काठमाडौं–देशका केन्द्रीय अस्पतालहरु मानसिक अस्पताल पाटन र नारायणी अस्पताल वीरगञ्जका वेड सतप्रतिशत प्रयोग हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षामा केन्द्रीय अस्पतालहरुले गरेको प्रस्तुतीमा सो उल्लेख छ ।

१६ वटा केन्द्रीय अस्पतालहरुले आफूहरु कहाँ भएका बिरामी राख्ने वेडमध्ये कति प्रयोग भए भन्ने तथ्यांक प्रस्तुत गरेका छन् । जसमा मानसिक अस्पताल र नारायणी अस्पतालले आफूसँग भएका मध्ये सतप्रतिशत वेड प्रयोगमा आएको उल्लेख छ ।

त्यसैगरी, त्रिवि शिक्षण अस्पतालले ९२ दशमलव ६ प्रतिशत, आर्मफोर्स अस्पतालले ८९ दशमलव ९२ प्रतिशत, भेरी अस्पतालमा ८८ दशमलव ६ प्रतिशत वेड बिरामीले भरिने गरेको तथ्यांक दिएका छन् ।

आफूसँग भएका वेडमध्ये कम भरिनेमा केन्द्रीय कारागार अस्पतालमा २८ दशमलव ९ प्रतिशत, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ४२ दशमलव ३ प्रतिशत, गजेन्द्रनारायण सिंह अस्पताल सिराहामा ४९ दशमलव ४ प्रतिशत सुशील कोइराला क्यान्सर अस्पताल ५४ दशमलव १४ प्रतिशत वेड बिरामीले भरिने गरेको तथ्यांकमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ