२०७९ माघ २४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘मायालु भाका’

प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘मायालु भाका’


काठमाडौं-त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको चिकित्सा र सर्जरीसँगै संगीतमा पनि मोह छ । त्यही मोहकै कारण फुर्सदको समय पाउने बितिकै गीतार रेट्न र मधुर श्वरमा गीतहरु गुन्गुनाउन थालिहाल्छन् ।

जसका कारण अहिले उनको फरक परिचय बनेको छ-सर्जन गायकका रुपमा । डा. भण्डारीले हालैमात्र नयाँ गीत ‘मायालु भाका’ सार्वजनिक गरेका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा डा. भण्डारीको मधुर श्वरसँगै मिठो संगीत सुन्न पाइन्छ ।

उक्त गीतको लेखन भने पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले गरेका हुन् । गीतको आकर्षक भिडियो निर्माण भने अनिल के मानन्धरले गरेका हुन् ।

डा. भण्डारी केही समययता गीत रचना गर्न पनि सक्रिय छन् । व्यवसायिक गायकजस्तै सुमधुर स्वरमा स्रोताको मन जित्ने खुबी भएका डा. भण्डारीले यसअधि पनि ‘तिम्रो नै माया’, ‘निलो आकाश’, ‘बन्छ अब नमुना नयाँ नेपाल’लगायका गीतहरु ल्याइसकेका छन् ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)