२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल मीराकलः ३० वर्ष भ्रुणका रुपमा जमेर जन्मिएका जुम्ल्याहा

मेडिकल मीराकलः ३० वर्ष भ्रुणका रुपमा जमेर जन्मिएका जुम्ल्याहा


लिडिया र टिमोथी रीजवे ३० वर्ष भ्रुणका रुपमा जमेर ३१ अक्टोबर २०२२ को दिनमा यस संसारमा आए । आधिकारिक जानकारीअनुसार यत्ति लामो समय भ्रुणका रुपमा जमेर जन्म लिने यी पहिला जुम्ल्याहा हुन सक्छन् ।

यी भ्रुणहरु नाम नखुलाइएका एक दम्पत्तीका लागि आईभीएफको रुपमा सन्तान जन्माउनका लागि माइनस १९६ डिग्रीमा तरल नाइट्रोजनमा २२ अप्रिल १९९२ मा जमाइएका थिए । आईभीएफ प्रक्रियाबाट चाहिएको भन्दा बढी भ्रुणहरु उत्पादन गर्न सकिन्छ । र, ती भ्रुणहरु विज्ञान या कुनै सन्तान चाहने दम्पत्तीलाई दिइने गरिन्छ ।

यी भ्रुणहरु जुन जुम्ल्याहाका रुपमा विकसित भए, तीनलाई नेशनल इम्ब्रयो डोनेसन सेन्टर, टेनेसीलाई दिइएको थियो । जुन दशकौंपछि र्‍याचेल र फिलिप रीजवेलाई दिइयो । उमेरकै हिसाब गर्ने हो भने जब यी भ्रुणहरुलाई जमाउन राखिएको थियो, त्यस समय फिलिप ५ वर्षका पनि थिएनन् होला ।

सिएनएनसँग बोल्दै ती जुम्ल्याहाका पिता फिलिप भन्छन्, ‘यहाँ दिमागलाई नै छक्क पार्ने केही छ ।’

फिलिप र र्‍याचेलका यी जुम्ल्याहाबाहेक नै चार सन्तान छन् । फिलिप भन्छन्, ‘हामी कति बच्चा चाहन्छौं भन्ने कुरा हाम्रो दिमागमा कहिले पनि थिएन् ।’

त्यस्तै, पहिले मोली एभरेट गिवसन् सबैभन्दा पूरानो बच्चाको रेकर्ड होल्डर थिइन् । २६ अक्टोबर २०२० मा जन्मिएकी उनी भ्रुण भएर जमेको २८ वर्षपछि जन्मिएकी थिइन् ।

‘हामीले लामो समयदेखि जमेको भ्रुण छान्नु भन्दापनि लामो समयदेखि परिवार कुरिरहेको भ्रुणलाई छानेका हौं,’ फिलिप भनिन् । भ्रुणहरु जति लामो समयसम्म पनि जमाएर राख्न सकिन्छ । तर, ती भ्रुणलाई गलाएपछि तिनको बाँच्ने सम्भावना ८० प्रतिशत हुन्छ । यो केसमा ५ भ्रुणलाई गलाइएको थियो, जसमा तीन भ्रुण उपयोग गर्न योग्य थिए । तीन वटा भ्रुण पठाइएकोमा जुम्ल्याहा जन्मिएका हुन् ।

लामो समयको पर्खाइपछि बल्ल लिडिया र टिमोथीको जीवन सुरु भएको छ । उनीहरुको जन्मको तौलअनुसार पनि यी राम्रो वजन भएका बच्चा हुन् । अभिभावक बन्न चाहनेलाई नेशनल इम्ब्र्यो डोनेसन सेन्टरले हालसम्म १२०० बच्चाहरु भ्रुणका रुपमा दिइसकेको छ । र, यी जुम्ल्याहाको जन्मपछि यो संख्या अझै बढ्ने विश्वास राखेको छ ।

—बीबीसीबाट भावानुवाद


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ