२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुरका मेसुलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

स्वास्थ्य सेवा विभागका महानिर्देशक र भरतपुरका मेसुलाई कारवाही गर्न निर्वाचन आयोगको निर्देशन


काठमाडौं—निर्वाचन आयोगले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई विभागीय कारवाही गर्न निर्देशक दिएको छ । ३० कात्तिकमा आयोगले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर विभागका महानिर्देशक सिंह र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेललाई विभागीय कारवाही गरेर आयोगलाई जानकारी गराउन भनेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघ गरेर कर्मचारी सरुवा गरेको र वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने व्यवस्थालाई पालना गरेको भन्दैं आयोगले डा. सिंह र डा. पौडेललाई सेवा शर्त सम्बन्धी विभागीय कारवाही गर्न निर्देशन दिएको हो ।

डा. सिंहले निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा डा. प्रशन्न पौडेललाई जिम्मेवारी तोकेको र भरतपुर अस्पतालका मेसु डा. पौडेलले रमाना दिएको उजुरी आयोगमा परेको थियो । आयोगले उक्त उजुरीपछि दुवै जनासँग स्पष्टीकरण मागेको थियो ।

उक्त स्पष्टीकरण चित्त नबुझेपछि आयोगले डा. सिंह र डा. पौडेललाई विभागीय कारवाही गर्न निर्देशन दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ