२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदोलखामा बढे आँखाका बिरामी

दोलखामा बढे आँखाका बिरामी


दोलखामा गत वर्षको पुसदेखि हालसम्म १२ हजारभन्दा बढीले आँखाको परीक्षण गराएका छन् । सो अवधिमा सामुदायिक आँखा केन्द्र चरिकोट र दोलखा ग्रामीण आँखा केन्द्र सिंगटी तथा ग्रामीण आँखा केन्द्र बैतेश्वरमा १२ हजार २ सय ६५ जनाले आँखा परीक्षण गराएका हुन् ।

सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. विप्लव खड्काका अनुसार आँखा परीक्षणपछि एक हजार २ सय १८ जनालाई चस्मा र सात हजार ६ सय ६४ जनालाई औषधी वितरण गरिएको छ । आँखा केन्द्र दोलखामा सहुलियत मूल्यमा दुई सय ९ जनाको आँखाको शल्यक्रिया पनि सो अवधिमा गरिएको छ ।

सामुदायिक आँखा केन्द्र दोलखामा तीन हजार २ सय ७४ जनाले आँखा परीक्षण गरेकोमा चार सय ३४ जनालाई चस्मा र दुई हजार ४ सय ३० जनालाई औषधी वितरण गरिएको छ । सामुदायिक आँखा केन्द्र चरिकोटमा छ हजार १ सय ६६ जनाको आँखा परीक्षण भएकोमा दुई हजार ६८ जनाले चस्मा लगाएका र चार हजार २ सय ५३ जनाले औषधि लिएका सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काकाले बताउनु भयो ।

ग्रामीण आँखा केन्द्र सिंगटीमा तीन सय १५ जनाको आँखा परीक्षण भएकोमा दुई सय जनालाई चस्मा र दुई सय ७६ जनालाई औषधी वितरण गरिएको छ । बैतेश्वर आँखा केन्द्रमा आठ सय ९४ जनाको आँखा परीक्षण भएकामा तीन सय १० जनाले चस्मा र सात सय ५ जनाले औषधी प्रयोग गरेका सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काले बताउनु भयो । एक हजार ६ सय १६ जनाको आँखा शिविरमा परीक्षण गरिएको उहाँले बताउनु भयो ।

मोबाइल तथा कम्प्युटरको अत्याधिक प्रयोगको कारण पछिल्ला वर्षहरूमा आँखाका बिरामी बढेका छन् । त्यस्तै बढ्दै गएको धुलो धुवाँ र वायुप्रदुषणले आँखाको समस्या पनि बढ्दै गएको सामुदायिक आँखा केन्द्र दोलखाका प्रमुख डा. खड्काले बताउनु भयो । पेट तथा टाउको दुखे तुरुन्तै अस्पताल जाने तर आँखाको समस्या आउँदा हेलचेक्र्याइँ गरेर बस्न नहुने उहाँले सुनाउनु भयो । आँखा सम्बन्धी समस्या पहिचान, उपचार तथा परामर्शको लागि जिल्लाको चार वटा आँखा केन्द्र सञ्चालनमा रहेको छ । ती केन्द्रहरूमा सहुलियत दरमा सेवा उपलब्ध हुने हुँदा सबैलाई सेवा लिनको लागि सामुदायिक आँखा केन्द्र दोलखाका डा. खड्काले आग्रह गर्नु भयो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ