२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड १९ सङ्क्रमण बढेसँगै अस्पताल र आइसियुको विस्तारमा जुट्यो चीन

कोभिड १९ सङ्क्रमण बढेसँगै अस्पताल र आइसियुको विस्तारमा जुट्यो चीन


कोभिड १९ को संक्रमणदर वृद्धि भएसँगै चीनले स्वास्थ्य सुविधा बढाउन थालेको छ ।

कोभिडको बढिरहेको केसकै कारण अपनाएको शून्य कोभिड नीतिबाट जनताहरू आन्दोलित भएपछि उक्त नीतिलाई खुकुलो पार्दै क्वारेनटाइन र लकडाउनजस्ता कुरालाई हटाएको चीनमा हाल पनि संक्रमणदर बढिरहेकै स्थिति छ ।

राष्ट्रपति सी जिन पिङले अपनाएको नीतिलाई केही खुकुलो पारे पनि कडा निगरानी राखिएको छ । त्यस्तै, थप स्वास्थ्यकर्मी, औषधिहरूको उपलब्धता तथा अस्पताल र आइसियुहरूलगायतका कुरामा चीनमा छलफलसँगै तयारी पनि भइरहेको जनाइएको छ ।

त्यस्तै चिनियाँ सञ्चारमाध्यमका अनुसार सरोकारवालाहरूलाई आफ्नो आफ्नो क्षेत्रका ६५ वर्षभन्दा माथिका सबैको स्वास्थ्य अवस्थाको रेकर्ड राख्ने आदेश दिइएको छ ।

कोभिड सङ्क्रमणको दर बढेसँगै धेरै कर्मचारीहरू बिरामी भएकाले चीनका कतिपय  विद्यालय तथा रेस्टुरेन्टहरू बन्द गरिएका छन् ।


क्याटेगोरी : अन्य, विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ