२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठटिप्सघाँटी बस्नेदेखि ढाड दुखाइसम्म यस्ता छन् कागतीले निको पार्ने ६ रोग

घाँटी बस्नेदेखि ढाड दुखाइसम्म यस्ता छन् कागतीले निको पार्ने ६ रोग


भिटामिन सी को भण्डार कागती नेपाली भान्छामा प्राय पाइने कुरा हो । कागती भन्ने बित्तिकै सबैको मुख रसिलो हुन्छ । कागतीलाई पानी, चिया अचार आदिमा मिसाएर खाने गरिन्छ । कतिपयले कागतीलाई औषधिकै रूपमा पनि लिन्छन् । एउटा कागतीको बोटमा ५ सयदेखि २००० दानासम्म फल्छन्। बोट लगाएको १ देखि २ वर्षमा कागतीले फल दिन थाल्छ । राम्रो हेरचाह गर्दा एउटा कागतीले २५ वर्षसम्म आम्दानी दिन्छ ।

नेपाली बजारमा वार्षिक २६ हजार टनभन्दा बढी कागती भारतबाट आउँछ । नेपालमा भने वार्षिक करिब डेढ हजार टन मात्र उत्पादन हुने अनुमान गरिन्छ ।

कागतीको प्रयोग आजभोलि निकै बढेको छ । त्यसैले कागतीले बजारमा राम्रो भाउ पनि पाउने गरेको छ । कागती खाँदा धेरै रोगका बिरामीलाई फाइदा पुग्ने गर्छ ।

कागतीको प्रयोग

१. दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ । कागतीको रसमा हर्रो घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

२. घाँटी बसेमा

मनतातो पानीमा कागतीको रस, नुन हालेर बिहान–बेलुका कुल्ला गर्दा घाँटी बसेको ठिक हुन्छ ।

३. ओठ फुट्ने भएमा

दूधको तरमा कागतीको रस मिसाएर दिनको २–३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ । चिसोको समयमा ओठ फुट्ने समस्या भएका व्यक्तिलाई कागती निकै लाभदायी मानिन्छ ।

४. फियो बढेमा

कागतीको चुकमा ८–१० गेडा मरीच पिनेर बिहान–बेलुका लेप गरेमा ठिक हुन्छ ।

५. खाएको नपच्ने भएमा

छोकडा, मरीच, सिदे नुन, मुनक्का दाख र जिरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने । बिहान–बेलुका खाना खानु अगाडि सो अचार खाएमा केही दिनमै अजीर्ण, बान्ता हुने, दिसा लाग्ने जस्ता रोग ठिक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

६. ढाड दुखेमा

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारेर दुखेको ठाउँमा लगाउँदा ढाड दुखेको ठिक हुन्छ ।


क्याटेगोरी : टिप्स, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ