२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्याम्सको आवासीय चिकित्सक अध्यक्षमा डा. प्रकाश भट्टराई

न्याम्सको आवासीय चिकित्सक अध्यक्षमा डा. प्रकाश भट्टराई


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), आवासीय चिकित्सक विद्यार्थीहरुको संगठनको ‘र्‍यान’को अध्यक्षमा डा. प्रकाश भट्टराई विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा डा. दुर्योधन यादवलाई पराजित गर्दै डा. भट्टराई अध्यक्षमा विजयी भएको निर्वाचन समितिका संयोजक डा. विकास जैशीले जानकारी दिए ।

डा. जैसीकाअनुसार निर्वाचनमा १ सय ५७ मत खसेको थियो । तर, निर्वाचन समितिले कसले कति मत पाए भन्ने कुरा भने गोप्य राखेको छ । निर्वाचित डा. भट्टराईले र्‍यानलाई एकतावद्ध बनाएर लैजान आफू प्रयत्नशील रहने बताए । ‘र्‍यानको नेतृत्वले गर्ने भनेकै यहाँका विद्यार्थीका समस्याहरुबारे आवाज उठाउने हो,’ उनले भने, ‘त्यही नै मेरो पहिलो प्राथमिकता हुनेछ ।’

उनले यसअघि न्याम्सका उपकुलपतिलाई बुझाइएको ज्ञापनपत्रका मागहरु कार्यन्वयनमा पनि आफू तदारुकताका साथ खबरदारी गर्ने बताए ।

डा. भट्टराई इन्टरनल मेडिसिनमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छन् । उनले चितवन मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् । यसअघि डा. शरद बराल रेजिडेन्टका अध्यक्ष थिए ।

र्‍यानको विधानअनुसार डा. भट्टराईले नयाँ कार्यसमिति र पदाधिकारीहरु चयन गर्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ