२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामीको उपचारका लागि स्वास्थ्य प्रतिष्ठानहरुमध्ये विपी उत्कृष्ट

बिरामीको उपचारका लागि स्वास्थ्य प्रतिष्ठानहरुमध्ये विपी उत्कृष्ट


काठमाडौं–प्रतिष्ठानहरुका अस्पतालहरुमध्ये बिरामीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट सेवा दिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने वार्षिक संयुक्त समीक्षामा प्रस्तुत प्रतिष्ठानहरुको अघिल्लो वर्षको कार्यप्रगति हेर्दा त्यस्तो देखिएको हो ।

प्रतिष्ठानहरुमध्ये सबैधन्दा बढी उपचारका लागि बिरामी पनि सोही प्रतिष्ठानमा आउने गरेको देखिन्छ । विपी प्रतिष्ठान अस्पताल धरानमा एक वर्षमा ४ लाख ८१ हजार ५ सय १५ बिरामीले ओपीडी सेवा लिएका छन् । त्यसैगरी, ६९ हजार ६ सय ८१ ले आकस्मिक सेवा र ४२ हजार ९ सय ४८ भर्ना भएर उपचार सेवा लिएका छन् ।

दोस्रोमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), तेस्रोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौथोमा पोखरा, पाँचौ राप्ती र छैटौंमा कर्णाली रहेका छन् ।

बिरामीको उपचारमा आउने मध्ये  कम मृत्यु हुने प्रतिशतमा पनि विपी पहिलो नम्बरमा छ । अस्पतालमा आएकामध्ये १ दशमलव ३ प्रतिशतको मात्र मृत्यु भएको सो प्रतिष्ठानको तथ्यांकमा उल्लेख छ । कम मृत्यु भएका अन्यमा राप्ती र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ प्रतिशत, पोखरा र कर्णलीमा २ दशमलव ४ प्रतिशत र न्याम्समा २ दशमलव ७ प्रतिशत रहेको छ ।

शल्यक्रिया सबैभन्दा बढी हुने प्रतिष्ठान भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ ।

त्यसैगरी, संख्याको आधारमा सबैभन्दा बढी शैय्याको प्रयोग हुने पनि विपी प्रतिष्ठान रहेको छ । तर, प्रतिशतमा भने राप्तीले जितेको छ । राप्ती जम्मा तीन सय शैय्या हो भने विपीमा ७ सय शैय्या संचालनमा छन् । सबैभन्दा कम शैय्या प्रयोग भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ ।

बिरामी उपचारका लागि अस्पताल बसाइँको अवस्थामा भने वीरमा बढी दिन देखिन्छ । त्यहाँ एक बिरामी औसतमा ६ दशमलव ९ दिन बसेर उपचार गरेको पाइन्छ । दोस्रोमा पाटनमा ६ दिन, विपीमा ५ दशमलव ३ दिन, कर्णलीमा ५ दशमलव १ दिन, राप्तीमा ५ दिन र पोखरामा ३ दशमलव ९ दिन रहने गरेको देखिन्छ ।

शैक्षिक कार्यक्रमको आधारमा पनि विपी प्रतिष्ठान अगाडि रहेको देखिन्छ । त्यहाँ ९ वटा शैक्षिक कार्यक्रम संचालन भइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ