२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका लागि सलादमा समेट्नैपर्ने ८ कुरा, कसमा के पाइन्छ ?

स्वास्थ्यका लागि सलादमा समेट्नैपर्ने ८ कुरा, कसमा के पाइन्छ ?


लुइसियाना स्टेट युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थले गरेको एक अनुसन्धानले दिनहुँ सलाद खाने मानिसहरूलाई आवश्यक पोषक तत्त्वहरू प्राप्त हुने पत्ता लगाएको छ । सलादलाई पोषणले भरिपूर्ण पार्नका लागि एन्टिअक्सिडेन्ट, भिटामिन, मिनरल्स, पलाइबर र प्रोटिनले भरिपूर्ण सही सामग्रीहरू थप्नुपर्छ ।

त्यसैले सलादका लागि सलादका पातहरू, ब्रोकाउली, क्याप्सिकम, गोलभेडा, काँक्रो, गाँजरको मिश्रण हुनु जरुरी छ । विशेषतः हामीले सलाद भन्ने बित्तिकै काँक्रोलाई लिने गरेका छौँ किनकि यो हामीहरूको लोकप्रिय सलाद हो ।

तर, यदि पोषण प्राप्त गर्नको लागि काँक्रोको सेवन गरिरहेको अवस्थामा भने काँक्रो मात्र सही विकल्प नहुन सक्छ ।

काँक्रोमा पाइने पोषण यस प्रकार छ :

क्यालोरी : ८
फ्याट     : ०.१ ग्राम
फाइवर  : ०.३ ग्राम
प्रोटिन    : ०.३ ग्राम
भिटामिन के  : ८.५ माइक्रो ग्राम
भिटामिन सी  : १.५ मिलिग्राम
पोटासियम     : ७६.४ मिलिग्राम

त्यस्तै काँक्रोसँगै मिलाइने अन्य सलादमा पाइने पोषण यस प्रकार छन् :

चुकन्दर 

प्रोटिन  : २.२ ग्राम
पोटासियम : ४४२ मिलिग्राम

सलाद पत्ता
प्रोटिन : १.४ ग्राम
पोटासियम  : १९४ मिलिग्राम

एभोकाडो अथवा एभोकाडो तेल
प्रोटिन  : २ ग्राम
म्याग्नेसियम : २९ मिलिग्राम
पोटासियम : ४८५ मिलिग्राम
भिटामिन सी : १० मिलिग्राम

ब्रोकाउली
प्रोटिन  : २.५ ग्राम
भिटामिन सी : ८१.२ मिलिग्राम
क्याल्सियम : ४२.८ मिलिग्राम

क्याप्सिकम
प्रोटिन : १.५ ग्राम
भिटामिन सी : १९० मिलिग्राम
पोटासियम : ३१४.४ मिलिग्राम
भिटामिन ए : २३३.९ माइक्रो ग्राम

गाजर

भिटामिन ए    : ५०९ माइक्रो ग्राम
भिटामिन के   : ८ माइक्रो ग्राम
पोटासियम     : १९५.२ मिलिग्राम
बेटा क्यारोटेन  : ५०५३.८ माइक्रो ग्राम

चेरी टोम्याटो
एन्टिअक्सिडेन्टले भरिपूर्ण

सलादलाई खानामा समावेश गर्नुको प्रमुख कारण नै यसलाई स्वाद र पोषणले भरिपूर्ण बनाउन हो । त्यसैले हामीले दैनिक जीवनमा सलादको सेवन गर्दा यी पोषण तत्त्वलाई समावेश गर्नु जरुरी हुन्छ ।

टाइम्स अफ इन्डियाबाट भावानुवाद


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ