२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकम भोकमरी हुनेमा देशमा नेपाल दक्षिण एसियामा दोस्रो, विश्वमा ७३ औं स्थानमा

कम भोकमरी हुनेमा देशमा नेपाल दक्षिण एसियामा दोस्रो, विश्वमा ७३ औं स्थानमा


काठमाडौं–केही दशकयता नेपालले भोकमरीको अवस्थामा सुधार गर्दै आएको छ । कन्सर्न वल्र्डवाइड र वेल्थ हंगर हिल्फले संयुक्त रुपमा सार्वजनिक गरेको ग्लोबल हंगर इन्डेक्स (जीएचआई) रिपोर्ट२०१९ ले नेपालमा भोकमरी न्यूनीकरण हुँदैै गएको देखाएको छ ।

रिपोर्टअनुसार नेपाल २०.८ अंकसहित ७३ औं स्थानमा रहेको छ । गत वर्ष नेपाल सूचीको ७२ औं स्थानमा रहेको थियो । गत वर्ष भन्दा एक स्थान तल झरेपनि नेपालले पछिल्लो दशकमा भोकमरीको अवस्थामा सुधार गर्दै आएको छ ।

यो सूचीमा कम अंक पाउने देशलाई भोकमरीको अवस्था न्यून रहेको मानिन्छ ।

दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा परेको छ । दक्षिण एसियामा सबैभन्दा माथि रहेको श्रीलंका ६६ औं तथा सबैभन्दा तल रहेको अफगानिस्तान १०८ औं स्थानमा छन् । बंगलादेश, पाकिस्तान र भारत क्रमसः ८८, ९४ र १०२ औं स्थानमा छन् भने भूटान र माल्दिभ्सलाई सूचीमा समावेश गरिएको छैन ।

रिपोर्टले विश्वका ११७ देशको हंगर इन्डेक्स सार्वजनिक गरेको छ ।

० देखि ९.९ अंक प्राप्त गर्ने देशमा भोकमरीको अवस्था न्यून रहेको मानिन्छ । १० देखि १९.९ अंक प्राप्त गर्ने देशमा मध्यम तथा २० देखि ३४.९ अंक प्राप्त गर्ने देशमा गम्भीर प्रकृतिको भोकभरी भएको मानिएको छ । यस्तै ३५ देखि ४९.९ अंकलाई भयावह र ५० भन्दा बढी अंक माथि प्राप्त गर्ने मुलुकमा अति भयावह स्थिती रहेको मानिएको छ । नेपालले प्राप्त गरेको २०.८ अंक झण्डै मध्यमस्तरको भोकमरीमा पर्न आउँछ ।

विश्वमा भोकमरी विरुद्धको प्रगती र चुनौती मूल्यांकन गर्न प्रत्येक वर्ष जीएचआई मापन गर्ने गरिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ