२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ को पिसिआर परीक्षण बी ग्रेडका प्रयोगशालाले पनि गर्न पाउने

कोभिड-१९ को पिसिआर परीक्षण बी ग्रेडका प्रयोगशालाले पनि गर्न पाउने


काठमाडौं—सरकारले कोभिड-१९ को पिसिआर परीक्षण बी ग्रेडका प्रयोगशालाले पनि गर्न पाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ भदौंमा सचिवस्तरीय निर्णय गर्दै कोभिड—१९ को पिसिआर परीक्षण बी ग्रेडका प्रयोगशालाका लागि पनि खुला गरेको हो ।

त्यसका लागि बी ग्रेडका प्रयोगशालाले सरकारले बनाएको कोभिड—१९ सम्बन्धी गाइडलाइन भने पूरा गरेको हुनुपर्नेछ ।

‘बी ग्रेडका ल्याबले कोभिड—१९ सम्बन्धी गाइडलाइन पूरा गरेमा कोभिड—१९ पिसिआर गर्न पाउनेछन्,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले भनिन् ।

यसअघि सरकारले ए ग्रेडका प्रयोगशालालाई मात्रै कोभिड—१९ को पिसिआर परीक्षणको अनुमति दिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ