२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१.२७ प्रतिशत

एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१.२७ प्रतिशत


काठमाडौं—एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१ दशमलव २७ प्रतिशत रहेको पाइएको छ । वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीको तथ्यांकअनुसार उक्त कार्यक्रमको वित्तिय प्रगति भने ८२ दशमलव ०२ प्रतिशत रहेको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत संचालित एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत स्वास्थ्य पूर्वाधार निर्माण हुने गरेका छन् ।

समीक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८० लाख २ हजार वार्षिक बजेट रहेको थियो । जसमध्ये २ अर्ब ७१ करोड ५३ लाख ५२ हजार ७८९ रुपैयाँ खर्च भएको छ । यो वार्षिक बजेटको ८२ दशमलव ०२ प्रतिशत हो ।

जम्मा ७० वटा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा यो अवधिमा ६० वटा स्वास्थ्यका पूर्वाधार निर्माणका कामहरु सम्पन्न भएको सहरी विकास मन्त्रालयले जनाएको छ । जुन भौतिक प्रगतिका रुपमा ९१ दशमलव २७ प्रतिशत हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ