२०८१ भदौ २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका अतिरिक्त सचिवको प्रबल दाबेदारमा डा. श्रेष्ठ र डा. बाराकोटी

स्वास्थ्यका अतिरिक्त सचिवको प्रबल दाबेदारमा डा. श्रेष्ठ र डा. बाराकोटी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त सचिव (१२ औं तह)का खाली रहेका दुई वटा पदमा बढुवा गर्ने प्रक्रिया अगाडि बढाएको छ । यससँगै खाली रहेको दुई अतिरिक्त सचिव पदका लागि आवेदन दिएका २१ मध्येबाट कम्तिमा तीन जनाको नाम क्याबिनेटमा सिफारिस गर्नुपर्नेछ ।

यससँगै मन्त्रालयका प्रभावशाली निकायहरु कमाण्ड गर्ने अतिरिक्त सचिवहरुको पदमा को बढुवा होला भन्ने चासो सुरु भएको छ । छनोट समितिको प्रारम्भिक बैठक बसेर छनोट प्रक्रिया तय गरेको छ ।

स्वास्थ्य सेवा ऐन तथा नियमावलीमा आधारित रहेर अतिरिक्त सचिव सिफारिस समितिले कम्तिमा तीन जना र बढीमा पाँच जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ । पछिल्लो समय अवलम्बन गरिदैं आएको आवश्यक संख्याको १ दशमलव ५ प्रतिशत नामावली सिफारिस गर्दा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठ पहिलो नम्बरमा, प्रादेशिक अस्पताल भद्रपुरका मेसु डा. टंक बाराकोटी दोस्रो नम्बरमा र प्रादेशिक अस्पताल सुर्खेतका डा. केशरबहादुर ढकाल तेस्रोमा सिफारिस लगभग निश्चित रहेको मन्त्रालयको स्रोतको दावी छ ।

तर, सिफारिस प्रतिशत बढाएर पाँच जना पठाएमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा र एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्दकी निर्देशक डा. सुधा देवकोटाको क्रमसः चौथो र पाँचौ नम्बरमा सिफारिस हुनेछन् ।

डा. श्रेष्ठ, डा. बाराकोटी, डा. ढकाल आफ्नो सेवा अवधिमा अधिकांश समय काठमाडौं बाहिर रहेर सेवा गरेका चिकित्सक हुन् । सेवा अवधि गणना हुने पछिल्लो पाँच वर्ष उनीहरु पूर्ण रुपमा काठमाडौं बाहिर रहेका कारण कार्य सम्पादन मुल्यांकन र दुर्गम नम्बरमा अगाडि देखिएको मन्त्रालय प्रशासन स्रोतको भनाइ छ ।

डा. विकास लामो समय काठमाडौंमै रहेर एक वर्ष ८ महिनाअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव भएर गएका हुन् । त्यसअघि उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए । डा. सुधा गोरखामा साढे दुई वर्ष बसेर काठमाडौं आएकी हुन् । त्यही कारण गोरखा बसेको दुर्गम नम्बरका कारण उनी पनि दाबेदारका रुपमा रहेकी छिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ