२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईओएमले काउन्सिलिङ सुरु नगरेपछि एमबिबिएस पढ्न एक सातामा सय विद्यार्थी बिदेशिए

आईओएमले काउन्सिलिङ सुरु नगरेपछि एमबिबिएस पढ्न एक सातामा सय विद्यार्थी बिदेशिए


काठमाडौ–नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा देखिएको विवादका कारण आशा लाग्दा विद्यार्थी यस वर्ष एमबिबिएस अध्ययन गर्न विदेशिएका छन् । एक हप्ताको अवधिमा करिब एक सय विद्यार्थीले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृती लिएका छन् ।

काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीकाअनुसार विदेश जानेहरुमा त्रिभुवन विश्वविश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले लिएको प्रवेश परीक्षमा बरियताक्रममा एक सय भन्दा अगाडि नै परेका पनि एमबीबीएस अध्ययनका लागि विदेशिएको बताए । उनका अनुसार हाल दैनिक २० देखि २५ जनाको संख्यामा विद्यार्थीहरुले काउन्सिलबाट स्वीकृत लिन थालेका छन् ।

गत असोज ३ गते आइओएमले एमबिबिएस अध्ययनका लागि प्रवेश परिक्षा लिएको थियो । सो परीक्षाको नतिजा ६ गते सार्वजनिक गरिए पनि हाल सम्म काउन्सिलिङ्को मिति तय भएको छैन । काउन्सिलिङ अन्यौल भएपनि विद्यार्थीहरु विदेशिन थालेका छन् ।

आइओएममा ९ हजार विद्यार्थी सहभागी भएकोमा ४ हजार ३ सय पास भएका थिए । नतिजा सार्वजनिक भएको २४ दिनमा पनि काउन्सिलिङ्को टुङ्गो लागेको छैन । काउन्सिलिङ नहुदा मेडिकल काउन्सिलले मेडिकल कलेजहरुको सिट निर्धारण गर्न सकेको छैन ।

आइओएमका डिन प्रा.डा. जगदिश प्रसाद अग्रवाल चाडै काउन्सिलिङको मिति तय हुने बताउँछन । ‘७५ प्रतिशत छात्रवृद्धि दिने निर्णयको चिट्टठी आइओएममा चिकित्सा शिक्षा आयोगले पठाएको थिएन । अब पत्र पाएका छौं केही दिनमा मिति तय गछौ,’ अग्रवालले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ