२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्लोबल हेल्थ केयरको ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागको चेतावनी

ग्लोबल हेल्थ केयरको ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागको चेतावनी


औषधि व्यवस्था विभागले भारतीय कम्पनी ग्लोबल हेल्थ केयरद्वारा उत्पादित ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न चेतावनी दिएको । सोमबार एक सूचना जारी गर्दै विभागले उक्त चेतावनी दिएको हो ।

ग्लोबल हेल्थ केयरबाट उत्पादित जिएचसी ह्यान्ड स्यानिटाइजरको ५ लिटर र ५०० मिलिलिटरका ब्याच नं केयर १२१–२२ र केयर ४९–२२ रहेका यी स्यानिटाइजरलाई श्री राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा न्यून स्तर पाइएकोले विभागले सूचना जारी गरेको हो ।

त्यस्तै, विभागले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागलाई बुझाउन भनिएको छ ।
यस्तो छ सूचना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ