२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट उपचारपछि स्वदेश फर्किए माओवादी केन्द्रका नेता पुन

चीनबाट उपचारपछि स्वदेश फर्किए माओवादी केन्द्रका नेता पुन


काठमाडौं—चीनमा तीन साता लामो उपचारपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनः स्वदेश फर्किएका छन् । वंशाणुगत जण्डिसबाट पीडित उनी १७ मंसिरमा उपचार गर्न चीन पुगेका थिए ।

उनको चीनको सेनचेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार सुरु गरिएको थियो । उपचारपछि स्वास्थ्य अवस्थामा सुधार भएपछि पुन मंगलबार दिउँसो स्वदेश फर्किएका हुन् ।

पटक—पटक वंशाणुगत जण्डिसका कारण स्वास्थ्य समस्या ब्यवहोर्दे आएका पुनको यसअघि पनि सोही अस्पतालमा उपचार भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ