२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारईशान बाल तथा महिला अस्पतालले ‘पेडियाट्रिक बोनम्यारो ट्रान्सप्लान्ट’ सेवा सुरु गर्ने

ईशान बाल तथा महिला अस्पतालले ‘पेडियाट्रिक बोनम्यारो ट्रान्सप्लान्ट’ सेवा सुरु गर्ने


काठमाडौं—टोखास्थित नेपालकै पहिलो गैरसरकारी बाल अस्पताल ईशान बाल तथा महिला अस्पतालको २७ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको अस्पतालको साधारणसभाले ९ सदस्सीय संचालक समिति निर्वाचित गरेको छ ।

संचालक समिति सदस्य निर्वाचित हुनेहरुमा जन थापा क्षेत्री, डा. गिता गुरुङ, डा. रामनन्दनप्रसाद (आरपी) चौधरी, प्रविश नरसिंह रायमाझी, निभेषमान श्रेष्ठ, डा. मोहनकुमार प्रसाई, डा. मिनु चौधरी, डा. राकेशकुमार साह र डा. रमेशप्रसाद सिंह रहेका छन् ।

नवनिर्वाचित संचालक समितिबाट आगामी ४ वर्षका लागि अस्पतालको नयाँ पदाधिकारी चयन हुनेछन् । १० पुसका लागि निर्धारण गरिएको नयाँ संचालक समितिको बैठकबाट अध्यक्ष, अस्पताल निर्देशकलगायतका पदाधिकारी चयन हुनेछन् ।

वि.सं. २०५२ मा इशान बाल नर्सिङ होम प्रा.लि १५ शैय्याबाट सुरु भएको थियो । २७ वर्षदेखि बाल तथा महिला स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा दिदैं इशान अस्पतालले टोखा—५ श्रीटोलमा साढे ६ रोपनीमा आफ्नै १०० शैय्यासम्म क्षमताको भएको अस्पताल छ । केही समयअघिबाट अस्पतालले आफ्नै ८ तले अत्याधुनिक सुविधासम्पन्न भवनबाट सेवा दिन थालेको हो ।

अस्पतालले बालरोग, बाल सर्जरी, बाल युरोलोजी, महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवाहरु दिदैं आएको छ । २४ सैं घण्टा पेडियाट्रिक आकस्मिक सेवा, महिला तथा प्रसुति सम्बन्धी आकस्मिक सेवा, एम्बुलेन्स, प्याथोलोजी, एक्स–रे, फार्मेसी सेवा पनि अस्पतालमा रहेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

‘छिटै नै ब्लड बैंक तथा पेडियाट्रिक बोनम्यारो ट्रान्सप्लान्ट सेवा पनि सुरु गर्दैछौं,’ अस्पतालका निर्देशक डा. आरपी चौधरीले भने, ‘हामीले अस्पताललाई सेन्टर फर एक्सीलेन्स बनाउने योजनाअनुरुप काम गरिरहेका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ