२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश घोषणा : ९ करोडको लाभांस र बोनस सेयर बाँड्ने

नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश घोषणा : ९ करोडको लाभांस र बोनस सेयर बाँड्ने


काठमाडौं—आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले भने ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । थापाथलीमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ ।

हाल नर्भिक अस्पतालको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ । लाभांस र बोनस सेयर जोड्दा ९ करोड हुन्छ ।

घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।

गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमीटेडमा रुपान्तरण भइसकेको छ । आइपीओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ