२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका दुई नीति पासः कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने

स्वास्थ्यका दुई नीति पासः कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने


काठमाडौं—सरकारले चार वटा महत्वपूर्ण नीतिहरु पास गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सामाजिक समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेका दुई वटा र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पेश गरेका दुई वटा गरी चार वटा नीति पास गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँड संयोजक रहेको उक्त समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति, २०७९/८९ र स्वास्थ्य क्षेत्रमा लैगिक समानता र सामाजिक समावेसीकरण रणनीति, २०७८ पास गरेको हो । राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने उल्लेख छ ।

यस्तै, स्वास्थ्य क्षेत्रमा लैगिक समानता र सामाजिक समावेसीकरण रणनीति, २०७८ पनि पास गरेको हो । उक्त रणनीतिमा स्वास्थ्यमा विपन्न वर्गको समान अधिकार स्थापित गर्ने कुरा अगाडि सारिएको छ ।

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधेसी, दलित, पिछडिएको क्षेत्रमा बसोवास गर्ने व्यक्तिलाई स्वास्थ्यमा समान अधिकार दिनुपर्ने उल्लेख छ । ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ