२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेकपा एसका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा

नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा


काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मंगलबार बिसन्चो भएपछि नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

बुधबार दिउँसो नेपालको स्वास्थ्यको अवस्थाबारे जानकारी लिने प्रधानमन्त्री देउवा अस्पताल पुगेका थिए । उनीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि अस्पताल पुगेका छन् ।

दुवैले नेता नेपालको स्वास्थ्य अवस्थाबारेका जानकारी लिएका थिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिदैं स्वास्थ्य लाभको कामना गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने ।

छातीको संक्रमण, रुघाखोकी र ज्वरोको समस्या देखिएपछि नेपाल मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ