२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा माघ तेस्रो साता हुने

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा माघ तेस्रो साता हुने


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पाँचौ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ । माघ तेस्रो सातामा हुने उक्त नाम दर्ता परीक्षाका लागि परिषद्ले बिहीबारबाट आवेदन खुला गरेको हो ।

परिषद्को ६ पुसमा बसेको बैठकले पाँचौ लाइसेन्स परीक्षा सम्बन्धी निर्णय गरेको हो । उक्त निर्णयअनुसार परिषद्ले बिहीबारबाट आवेदन खुला गरेको हो ।

परिषद्ले स्नातकोत्तर, स्नातक प्रमाणपत्र तहको लाइसेन्स परीक्षा एकसाथ गर्न लागेको हो । जसका लागि ७ पुसदेखि २६ पुसम्म एकल दस्तुरमा आवेदन दिन सकिनेछ ।

यसैगरी, २७ पुसदेखि १ माघसम्म दोब्बर दस्तुरमा आवेदन दिने सकिने परिषद्ले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ