२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको अतिरिक्त सचिवका लागि डा. श्रीकृष्ण, डा. टंक र डा. विकासको नाम सिफारिस

स्वास्थ्यको अतिरिक्त सचिवका लागि डा. श्रीकृष्ण, डा. टंक र डा. विकासको नाम सिफारिस


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त दुई पदका लागि डा. श्रीकृष्ण श्रेष्ठ, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो ।

सिफारिस समिति स्रोतकाअनुसार अतिरिक्त सचिव (१२ औं तह)मा बढुवाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठ, प्रदेश अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटी र लुम्ँिबनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जनाबाट  क्याबिनेटले दुई जनालाई अतिरिक्त सचिव (१२ औं तह)मा बढुवा गर्नेछ ।

प्रादेशिक अस्पताल सुर्खेतका डा. केशरबहादुर ढकाल र एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्दकी निर्देशक डा. सुधा देवकोटा पनि अतिरिक्त सचिवका लागि मुख्य प्रतिस्पर्धामा थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ