२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारBreaking –स्वास्थ्य मन्त्रीको ठाडो आदेशमा भोली हुने भनिएको न्याम्सको पिजी इन्ट्रान्स परीक्षा रोकियो

Breaking –स्वास्थ्य मन्त्रीको ठाडो आदेशमा भोली हुने भनिएको न्याम्सको पिजी इन्ट्रान्स परीक्षा रोकियो


काठमाडौं–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्सले) यस वर्षको लागि खुलाएको पोस्ट ग्राजु्यट तर्फको प्रवेश परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । न्याम्सले भोली (शनिवार) को लागि प्रवेश परीक्षा मिति तय गरेको थियो । स्रोतका अनुसार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको ठाडो आदेशमा प्रवेश परीक्षा रोकिएको हो । शुक्रवार बसेको न्याम्स पदाधीकारीहरुको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

मन्त्री यादवले सहकुलपतिको हैसीयतमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी तत्काल परीक्षा स्थगन गर्न पत्रचार गरेका छन् । पत्रमा आवेदन खुलाइएको समय र परीक्षाको समय चाँडो भएको हुँदा इच्छुक सबैले प्रवेश परीक्षामा भाग लिन नपाएको भन्दै तत्काल रोक्न लिखित आदेश दिएका हुन् ।

मन्त्रीको लिखित आदेश आएसंगै शुक्रवार न्याम्स पदाधीकारीहरुको बैठक वसेको एक सदस्यले बताए । परीक्षा दिन भनेर देशभरबाट चिकित्सकहरु काठमाडौं आइसकेका छन् । परीक्षार्थीहरुले परीक्षा पर्झट सार्दा आफुहरुलाइ मर्का परेको भन्दै विरोधको तयारी गरेका छन् ।

यसबर्षका लागि नेपाल मेडिकल काउन्सिलले एमडी/एमडीएमएसतर्फ ११५ र डिएम/एमसीएचतर्फ २१ सिट निर्धारण गरेको छ । जसमा एमडी/एमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ । त्यसैगरी पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ ।

डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ । त्यसैगरी, एमसिएचतर्फ न्युरो सर्जरीमा २, प्लास्टिक सर्जरीमा २, थोरासिक एण्ड भास्कुलर सर्जरीमा २, युरोलोजी २ सर्जिकल गाइनोकोलोजीमा १ सिट तोकेको छ । यस वर्ष एमडीएसतर्फ विभिन्न विद्याका लागि ७ वटा सिट निर्धारण गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ