२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछिमेकी देशमा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएकाले सजग रहन गृहको आग्रह

छिमेकी देशमा कोभिड-१९ को नयाँ भेरियन्ट देखिएकाले सजग रहन गृहको आग्रह


काठमाडौं—गृह मन्त्रालयले छिमेकी देशहरुमा कोभिड—१९ को नयाँ भेरियन्ट देखिएका सजग रहन आग्रह गरेको छ । शनिबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेले एक विज्ञप्ती जारी गर्दै सजग र सुसूचित रहन आग्रह गरेका हुन् ।

‘कोभिड—१९ संक्रमण नेपालमा कम हुँदै गएतापनि विश्वव्यापी रुपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरुमा संक्रमणका नयाँ स्वरुप (भेरियन्ट) देखा परेको र सो को जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन आवश्यक छ,’ गृहको विज्ञप्तीमा छ ।

साथै, गृहले सार्वजनिक सवारी तथा भिडभाड हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न, एकअर्काबीच दूरी कायम गर्न, सरसफाइ र व्यक्तिगत स्वास्थ्य प्रोटोकल पालना गर्न समेत भनेको छ ।

हालैका दिनमा उत्तरी छिमेकी देश चीनमा कोभिड—१९ को संक्रमण तीब्र बनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ