२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगुणस्तरहिन खाद्य सामाग्री नियन्त्रण गर्न रुपन्देहीमा स्थानीय तहका बजार अनुगमन

गुणस्तरहिन खाद्य सामाग्री नियन्त्रण गर्न रुपन्देहीमा स्थानीय तहका बजार अनुगमन


बुटवल– रुपन्देहीका स्थानीय सरकारले बजार अनुगमन गर्ने भएका छन् । चाडपर्वको बेला हुने कालोबजारी, खाद्यान्नमा हुने मिसावट, ठगी तथा गुणस्तरहीन सामग्रीको विक्रीबितरण नियन्त्रण गर्ने उद्धेश्यले रुपन्देहीका मुख्य बजार क्षेत्रमा अनुगमन गर्न लागिएको हो ।

संवैधानिक रुपमै अनुगमनको जिम्मा स्थानीय तहमा निहित हुने भए पनि व्यवहारिक रुपमा भने प्रभावकारी अनुगमन हुन नसकिरहेका बेला जिल्ला प्रशासन कार्यलय रुपन्देहीले स्थानीय तह मै अनुगमन समिति गठन गरी अनुगमनलाई कडाइका साथ लागू गर्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यलय रुपन्देहीका सहयाक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जनाकारी दिए ।

बैठकले जिल्लाका १६ वटै स्थानीय सरकारमा स्थानीय बजार अनुगमन समिती गठन समेत गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम स्थानीय सरकारको नेतृत्वमा स्थानीय बजार अनुगमन समिति गठन गरिएको हो ।

जिल्लास्थित विषयगत कार्यलयका प्रमुखहरुको उपस्थित रहेको बैठकमा प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले विगतमा जिल्ला बजार अनुगमन समितीले गर्दै आएको समग्र बजार अनुगमन अबका मितिदेखि स्थानिय सरकारहरुले गर्ने गरी प्रशासनले सहयोग गर्ने र विषयगत कार्यलयहरुले आवश्यकता अनुसार विज्ञ खटाई सहयोग गर्ने गरी तयारी थाल्न निर्देशनभएको सहायक प्रजिअ शर्माले बताए ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम रुपन्देही जिल्लामा पहिलो पटक सिद्धार्थनगर नगरपालिकामा स्थानीय बजार अनुगमन समिती गठन भएको छ । सिद्धार्थनगरका प्रमुख हरि प्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी माहादेव पन्थ सहित विषयगत कार्यलयका प्रमुखरुको उपस्थितिमा बसेको बैठकले नगरको उपप्रमुख उमा काफ्लेको संयोजकत्वमा स्थानिय बजार अनुगमन समिती गठन भएको हो । उक्त समितीले उपभोक्ता अधिकार संरक्षणकालागि बस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी विषयमा बजारको स्थलगत सुपरिबेक्षण तथा अनुगमन गर्नेछ ।

समितीमा जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, बाणिज्य कार्यलय, स्वास्थय कार्यलय, नापतौल कार्यलय, खाद्य तथा गुणनियन्त्रण कार्यलय लगायत विषयगत कार्यलयको प्रतिनिधी सदस्य रहने व्यवस्था रहेको छ ।
सिद्धार्थनगरमा जस्तै जिल्लाका १६ वटै स्थानिय सरकारले अलग अलग स्थानिय बजार अनुगमन समिती गठन गर्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ