२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविकट बस्तीमा स्वाथ्यशिविर : ६ सय बढी लाभान्वित

विकट बस्तीमा स्वाथ्यशिविर : ६ सय बढी लाभान्वित


धनगढी – नेपाली सेनाले सोमबार कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको बहृत निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ४२ जना लाभान्वित भएका छन् । लालझाडी गाउँपालिका–२ कसवाका सेनाको श्री नं. २५ बाहिनी अड्डाको समन्वय र सहकार्यमा आयोजना गरिएको शिविरमा महिला तथा पुरुषका साथै बालबालिकाहरूले समेत स्वास्थ्य सेवा लिएका छन् ।

रानाथारुबाहुल्य क्षेत्रमा सेनाले स्वास्थ्य सेवादेखि असहाय बालबालिकालाई राहतदेखि ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेपछि स्थानीय खुसी छन् ।हालसालै दोदा नदीमा पक्की पुल बनेपछि जिल्लाको मूलधारसित स्थल मार्गबाट सहज पहुँच पाएको लालझाडी मुलुकमै कैलाली–कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारुको बाहुल्यमा पर्छ ।

भौगोलिक रूपले विकास र स्वास्थ्य, शिक्षालगायतका सुविधाबाट पछि रहेको सो क्षेत्रमा नेपाली सेनाले सामाजिक उत्तरदायित्व सम्झिँदै सोमबार बृहत् कार्यक्रम गर्‍यो । सेनाले यहाँ ज्येष्ठ नागरिकलाई न्यायो लुगा वितरणका साथै दुई दर्जन बढी असहाय बालबालिकालाई राहत सामाग्री सहयोग गर्नुका साथै यहाँका तीन वटा सामुदायिक विद्यालयलाई फर्निचर, शैक्षिक सामाग्रीका साथै खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

२०५७ सालदेखि महिला स्वास्थ्य स्वयम् सेविकाका रूपमा कार्यरत सवित्रा रानाले आफूले पहिलो पटक सुरक्षा निकायबाट निःशुल्क स्वास्थ्य शिविरदेखि सहयोग भएको देखेको बत्ताइन् । बिरामी हुँदा यहाँ एम्बुलेन्स पाउने स्थिति दोदामा पुल आएपछि मुस्किलले बन्यो । रानाले भनिन्,अहिले सेना नै आएर गाउँमा स्वास्थ्य शिविर लगाएपछि ज्येष्ठ नागरिकदेखि बालबालिका सम्मलाई स्वास्थ्य उपचारमा निकै राहत मिल्यो ।

उनले पछिल्लो समय लालझाडीमा स्वास्थ्य संस्था थपिरहेको भए पनि अझै पनि स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर लगायतका सहरमा जानुपर्ने बाध्यता यथावत् रहेको बत्ताइन् । नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको समन्वय र सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर व्यवस्थापनमा श्री दल गुल्म, सहकार्यमा लालझाडी गाउँपालिका र प्राविधिक सहयोगमा महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालय कञ्चनपुर रहेको सेनाले जनाएको छ ।

राहत, लुगा, विद्यालयहरूलाई फर्निचर तथा शैक्षिक सामाग्री, असहाय बालबालिकालाई राहतका साथै केही अपाङ्गता भएका व्यक्तिलाई ह्वलीचेयर र वैशाखीलगायतका सैनिक श्रीमती संघका अध्यक्ष सुनिता शर्माले वितरण गरेकी थिइन् ।
श्रीदल गुल्मका गुल्म पति सेनानी सुमित श्रेष्ठले बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट सो क्षेत्रका ६४२ जना महिला तथा पुरुष लाभान्वित भएको जानकारी दिए ।

उनले शिविरमा छाला रोग, स्त्रीरोग, बाल रोगको विशेषज्ञ सेवाका साथै अन्य स्वास्थ्य सेवा र औषधी उपलब्ध गराइएको बताए ।
उक्त सामाग्री हस्तान्तरण गर्दै संघका सचिव शोभना पौडेलले संघले शितलहर, बाढी पीडित, असहायलाई सहयोग गर्दै आएको बत्ताइन् ।
सेवामूलक कार्य विस्तार गर्ने क्रममा यहाँ आइपुगेका हौँ । उनले भनिन्, सानो सहयोगले विद्यालय तथा विद्यार्थीको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्नेमा विश्वस्त छौँ ।उनले यस्तो सहकार्यबाट सैनिक–नागरिक सम्बन्ध सुधार भई थप ऊर्जा मिल्नेमा जोड दिइन् ।

त्यसै गरी कार्यक्रममा बोल्दै नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले नेपाली सेना र नागरिकबिचको सम्बन्धलाई अझ प्रगाढ भई जनतासँग नेपाली सेना भन्ने भावनालाई प्रभावकारी बनाउन थप टेवा पुग्ने बताए । उनले आफ्नो आदर्शको मर्म अनुसार नै स्थापनाकालदेखि सामाजिक कार्य सञ्चालन गर्दै आएको बताए ।

स्तरीय स्वास्थ्य सेवाको कमी क्षेत्र, शैक्षिक व्यवस्थापनमा देखिएको अभाव र मानवीय सेवाको पाटोमा सहयोगको ठुलो भूमिका खेली लक्षित जनसमुदायमा उल्लेखनीय योगदान पुग्ने आशा गरेको छु । उपरथी थापाले भने,सहकार्य र व्यवस्थापनका लागि सबैप्रति आभार प्रकट गर्दछु ।
सो कार्यक्रममा सहभागी लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मलले विकास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा पछि पारेको पालिकामा सेनाले आयोजना गरेको स्वास्थ्य शिविर र विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरणले निकै सहयोग पुगेको बताए ।

कार्यक्रममा श्री नं. २५ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी पुरुषोत्तम ढकाल, रुद्रध्वज गणका गणपति सागर कार्की, सैनिक श्रीमती संघका पदाधिकारी, लालझाडी गाउँपालिकाका जनप्रतिनिधीहरु लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ