२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती अस्पतालमा कार्यरत युवा डाक्टर शाहको निधन

सेती अस्पतालमा कार्यरत युवा डाक्टर शाहको निधन


सेती अस्पतालमा कार्यरत डाक्टर प्रणयजंग शाहको निधन भएको छ । बाल रोग बिशेषज्ञ डाक्टर शाहको काठमाडौँमा उपचारका क्रममा निधन भएको हो ।

विदामा चितवन गएको समयमा एक्कासी बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । थप उपचारका लागि मेडिसिटी अस्पताल काठामडौँमा भर्ना लगिएकोमा सोही अस्पतामा उपचारका क्रममा उनको निधन भएको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए।

शाहलाई हृदयघात भएको हो भन्ने विषयमा एकिन जानकारी प्राप्त नभएको पाण्डेयले बताए । सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ५ बर्ष अगाडी मृगौलाको समस्या देखिएपछि केही समय शाहले डायलासिस समेत गराएका थिए । तर, सन्चो भएको भन्दै उनले डायलासिस गराउन छोडेका थिए।

चितवनमा एक्कासी बेहोस भएपछि मुटु र मृगौलामा समस्या देखिएको थियो । ३४ बर्षीय डाक्टर शाह दुई बर्षदेखि सेती अस्पतारमा कार्यरत थिए। सुरुमा ज्यालादारीमा काम गर्दै आएका उनी केही समय यता करारमा कार्यरत थिए ।

शाहको परिवार काठमाडौँ बस्दै आएको छ । यस्तै डाक्टर शाहको निधन भएपछि सेती प्रादेशिक अस्पतालले शुक्रबार शोक सभा गरेको छ । डाक्टर शाह र अस्पतालमै कार्यरत एम्बुलेन्स चालक खामवहादुर विष्टको सम्झनामा शोक सभा गरिएको हो । एम्बुलेन्स चालक विष्टको पनि केही दिन अगाडी झाडापखलाका कारण निधन भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ