२०८० मंसीर १७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री खापुङको दाबी : कार्यकालमा स्वास्थ्यमा ६२ वटा उपलब्धी

स्वास्थ्यमन्त्री खापुङको दाबी : कार्यकालमा स्वास्थ्यमा ६२ वटा उपलब्धी


काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आफू मन्त्री भएपछिका उपलब्धी सार्वजनिक गरेका छन् । मंगलबार उनले नीतिगततर्फ २५ वटा काम गरेको विवरण सार्वजनिक गरेका हुन् ।

उनले मन्त्रिपरिषद्मा ३ वटा रणनीतिहरु पेश गरेको र ती पास हुने क्रममा रहेको दाबी गरेका छन् । त्यस्तै, ६० वटा स्वास्थ्य संस्थाका भवनहरु निर्माण सम्पन्न भइसकेको र ३३५ भवनहरु निर्माणाधिन रहेको जानकारी दिएका छन् ।

आफ्नो कार्यकालमा औषधी ऐन संशोधन भएको, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन भएको, स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति बनेको, नसर्ने रोग रोकथाम सम्बन्धी बहु-क्षेत्रीय कार्ययोजना तयार भएको जानकारी उनले दिए ।

हेर्नोस् पूर्णपाठ

वर्तमान सरकार बनेपछि स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिहरूः
क) नीति, रणनीति र कानुन तर्जुमा
१. औषधी (तेस्रो संसोधन) ऐन, २०७९
२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) ऐन, २०७९
३. स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति २०७८–२०८७
४.  नसर्ने रोग रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (२०७८–२०८३)
५. स्वास्थ्य संस्था सञ्चालन मापदण्ड (पहिलो संशोधन), २०७८
६.  रेडियोलोजी तथा ईमेजिङ्ग सेवाको मापदण्ड,२०७८
७. आधारभूत स्वास्थ्य सेवाको स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल २०७८
८.  क्षयरोग मुक्त अभियान नेपालको घोषणा अभियान संचालन निर्देशिका, २०७८
९. राष्ट्रियएच.आई.भी रणनीतिक योजना, २०२१–२०२६
१०. मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रम संचालन निर्देशिका,२०७८
११. केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुलेस्याटलाईट क्लिनिक संचालन गर्ने सम्बन्धीकार्यविधि, द्दण्७ड
१२. मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातकाबिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८
१३.  विभेदपूर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७८–२०८८
१४. राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८
१५. मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७९
१६. राष्ट्रिय स्वास्थ्य वित्त रणनीति, २०७९–२०८९ को मस्यौदा
१७. खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोप शुरुवात सम्वन्धी निर्देशिका
१८. आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८
१९. ५ वर्ष देखी ११ वर्ष उमेर समूहमा कोभिड खोप संचालन निर्देशिका
२०. विपन्न कार्यक्रमका कडारोगहरूको उपचार खर्च स्वास्थ्य बीमामा आवद्घ गर्ने कार्यविधि, २०७८
२१.  क्ष्ज्क्ष्ःक् को दीर्घकालीन मार्गचित्र २०२२ देखि २०३०
२२. स्वास्थ्य प्रबर्धन रणनीति २०२२–२०३०
२३.  ल्बतष्यलब िज्क्ष्ख् त्भकतष्लन बलम त्चभबतmभलत न्गष्मभष्लिभक, द्दण्द्दद्द
२४. रक्त संचार सेवा रणनीति – मस्यौदा तयार
२५. राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९ – २०८६)– स्वीकृत हुन बाँकी

मन्त्रिपरिषदमा पेश भएका
१. नेपाल स्वास्थ्य क्षेत्र – रणनीतिक योजना (२०७९÷८० – २०८७÷८८)
२. राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०७९ – २०८९)
३. स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७९

ख. पूर्वाधार निर्माण
१. आ.ब. २०७८÷७९ मा भवन विभाग मार्फत ६० वटा स्वास्थ्य संस्थाहरू निर्माण सम्पन्न भएको
२.  स्थानीय तहमा ५,१० र १५ शैयाका ६५५ वटा आधारभूत अस्पतालहरु मध्ये हालसम्म३७३ अस्पतालको डि.पी.आर. स्वीकृत भई निर्माणको क्रममा रहेका तथा बाँकी आधारभूत अस्पतालहरूको डि.पी.आर. तयारी तथा स्वीकृतीको क्रममा रहेका
३. मधेश प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सूदुरपश्चिम प्रदेशमा ५० शैयाका सरूवा रोग अस्पतालहरू निर्माण भइरहेको र बाँकी रहेका प्रदेशमा जग्गा प्राप्ति लगायतका कार्यहरू अगाडि बढेको
४. गेटा मेडिकल कलेज तथा शिक्षण अस्पताललाई ३०० शैयाको अस्पतालको रूपमा सञ्चालन गर्ने गरी अस्पताल निर्देशक नियुक्ति भई आवश्यक पूर्वाधारका कामहरू अगाडि बढाइएको
५. देशका मुख्य राजमार्गहरूमा हुन सक्ने दुर्घटनाको क्षति न्युनीकरण तथा उपचारका लागि निश्चित दुरीका रणनीतिक स्थानमा ट्रमा सेन्टर स्थापनाको कार्य अगाडि बढेको

ग. महामारी रोकथाम तथा नियन्त्रण
कोभिड–१९ रोकथाम तथा नियन्त्रण
१. कोभिड–१९ रोकथाम तथा नियन्त्रण कार्यमा औषधीको प्रयोग र खोप आयात गर्न मौजुदा कानुन “औषधी ऐन २०३५” लाई अध्यादेश मार्फत कानुनी वाधा फुकाई खोप लगायतकोआपूर्तिमा सहजता कायम गरिएको
२. हाल सम्म (२०७९ पौष११ गते सम्म)६,१७,७६,७७० डोजकोभिड–१९ विरूद्धको प्रभावकारी रसुरक्षित खोप प्राप्त गरिएको तथा२,३२,०८,४८३एक मात्रा, २,२३,२४,९३३पूर्ण मात्रा र ७९,७२,७९१ बुस्टर (अतिरीक्त) मात्रा गरी कुल५,३५,०६,२०७मात्रा डोज लगाईसकिएको
३. असार मसान्तसम्म कुल जनसंख्याको ७० प्रतिशतले पूर्ण मात्रा र लक्षित जनसंख्या (१२ वर्ष र सो भन्दा माथि) करीब ८८ प्रतिशतले कोभिड १९ विरूद्धको पूर्ण मात्रामा खोप प्राप्त गरेका थिए भने हाल कुल जनसंख्याको ७६.५ प्रतिशतर लक्षित जनसंख्याको ९५.७% ले पूर्ण मात्रा खोप पाईसकेका छन।
४. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका अस्पताल र प्रयोगशालाहरूको पूर्वाधार सुदृढ गरी अक्सिजन, आई.सी.यु., एच.डी.यु. तथा अन्य औषधी उपकरणहरूको व्यवस्थापन गरिएको
५. हाल ५९ वटा सरकारी र ५१ वटा गैरसरकारी गरी जम्मा ११०वटा प्रयोगशालाहरूबाट पी.सी.आर. परीक्षण भइरहेको, विगत एक वर्षमा १४ वटा पी.सी.आर. परीक्षण गर्ने प्रयोगशालाहरू थप भएको
६. हाल नेपालभरी ८२०२ वटा आइसोलेशन बेड, ३८४६ वटा हाइ डिपेन्डेन्सी बेड, २७९७ वटा आइ.सि.यु बेड, १००८ वटा भन्टीलेटर, १८,२९९ वटा अक्सिजन सिलिन्डर, १३२ वटा अक्सिजन प्लान्ट र २७ वटा अक्सिजन ट्याङ्क रहेका र यी पूर्वाधारहरू आगामी दिनमा आउन सक्ने महामारीको व्यवस्थापन तथा नियमित सेवा सञ्चालनको लागि उपयोग हुने
७. हाल सम्म ५८ लाख ३८ हजार ४९३ वटा पि.सि.आर. र १३ लाख १ हजार ७१४ वटा एन्टीजेन गरी कुल ७१ लाख ४० हजार २०७ वटा कोभिड–१९ परीक्षण गरिएको
डेङ्गु रोकथाम तथा नियन्त्रण
१. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा डेङ्गु रोगको वर्तमान अवस्था र बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयासका बारेमा छलफल
२. इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १३९ स्थानीइ तह, ६० जिल्ला र ७ वटै प्रदेशमा डेङ्गु नियन्त्रणका लागि ’खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन
३. विद्यालय र होटलहरूमा डेङ्गु रोगको रोकथामका लागि होटल एसोसिएसन अफ नेपाल र विद्यालयहरूको एसोसिएसनसँग बैठक सञ्चालन
४. विभिन्न प्रदेश, जिल्ला, स्थानीय तह र स्वास्थ्य संस्थाहरूको माग तथा उपलब्धताका आधारमा डेङ्गु रोग निदानका लागि परीक्षण किटहरू प्रदान

हैजा रोकथाम तथा नियन्त्रण
१. स्थानीय सरकार, ध्ब्क्ज् क्लष्टर, युनिसेफ र इन्फो को समन्वयमा काठमाडौँका विभिन्न क्षेत्रमा सेल्फ टेस्टिङ वुथ स्थापना
२. विभिन्न स्थानमा पानीको नमुना संकलन तथा परीक्षण बूथ स्थापना
३. झाडापखाला देखिएका अस्पतालहरूमा आर.डि.टी. किट वितरण
४. म्ध्क्क्ः टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका ८ वटा स्वास्थ्य कार्यालय प्रयोगशालालाई पानी परीक्षण किटहरू प्रयोग गरेर पानी परीक्षण गर्ने तालिम प्रदान गरिएको
घ. सेवा प्रवाह तथा सेवा विस्तार
१. आ.व. २०७८÷७९ मा करिब ९१ प्रतिशत बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप प्राप्त गरेको
२. शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डयोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट यस वर्ष १५ वर्ष मूनिका ९४० जना र ७५ वर्ष माथिका ९७० जनाले मुटुको निःशुल्क शल्यक्रिया तथा उपचार प्राप्त गरेको
३. कान्तिवाल अस्पतालबाट गरिब तथा बिपन्न वर्गलाई त्जबबिककझष्ब सेवा ११८३ जना, सामाजिक सेवा एकाई अन्तर्गत ९५८ जनालाई र आकस्मिक स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ७६१ जनालाई निःशुल्क सेवा प्रदान गरेको
४. शहिद शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालबाट रेविज विरुद्धको खोप (ब्च्ख्) र च्बदष्भक क्ष्mmगलयनयिदगष्लि सेवा २४ सै घण्टा दिन थालिएको र यस बर्षमा जनावरको टोकाईको खोप १०११९६ जना प्रदान गरिएको र विशेष रोगहरु टिटानस् – १४जना,र रेविज् – १८ जनालाई उपचार गरिएको
५. शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट यस आ. व. मा १६० जनाको मृर्गौला प्रत्यारोपण भएको, हाल सम्ममा ९०० वटा मृर्गौला र ८ वटा कलेजो प्रत्यारोपण भएको
६. ४९ स्वास्थ्य संस्थाहरुमा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन
७. सबै तहका ११७ अस्पतालमा न्युनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालन
८. २५०० भन्दा बढी स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यक्रम सुचारू
९. २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान संचालन
१०. स्वास्थ्य विज्ञान प्रतिष्ठान र संघीय अस्पतालहरूबाट दुर्गम जिल्लाका अस्पतालहरूमा स्याटेलाईट क्लिनिक संचालन
११. नागरिक आरोग्य कार्यक्रम कार्यान्वयन कार्ययोजना स्वीकृत भै देश भरीका ३८० आयुर्वेद स्वास्थ्य संस्था र २९८ नागरिक आरोग्य सेवा केन्द्र मार्फत नागरिक आरोग्य कार्यक्रम अभियान संचालन
१२. सातै प्रदेशका सदरमुकाममा खुल्ला योग तथा व्यायामशाला स्थापना
१३. ७७ जिल्लाको ७४६ स्थानीय तहमा स्वास्थ्य विमा कार्यक्रम विस्तार भएको जसमा कूल विमित परिवार संख्या ः १८,३२,१०५ (३३.६८प्रतिशत), बीमित जनसंख्या ः ५९,६७,४०८ (२२.५२प्रतिशत)
१४. हालसम्म बीमामार्फत २१ अर्व ६ करोड, ८९ लाख ८७ हजार नौ सय दुई रूपियाँ भुक्तानी गरिएको छ
१५. माननीय राज्यमन्त्रीज्यूको संयोजकत्वमा गठित बीमा कार्यक्रम सुदृढिकरण निर्देशक समितिले स्वास्थ्य बीमा वोर्डको समस्या र चुनौतीबारे अध्ययन गरी तयार पारेको प्रतिवेदन कार्यान्वयनको क्रममा रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ