२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमायोजन मिलानका कर्मचारी अपुग तलब संघीय स्वास्थ्य मन्त्रालयले पठाउने

समायोजन मिलानका कर्मचारी अपुग तलब संघीय स्वास्थ्य मन्त्रालयले पठाउने

समायोजन मिलान भई स्थानीय तहमा गएका कर्मचारीलाई फिर्ता नगर्न पत्राचार


काठमाडौं—समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले भकाभक फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ ।

८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ ।

मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ ।

‘समायोजन/समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट वित्तिय हस्तान्तरणमार्फत बजेट पठाउने,’ मन्त्रालयको स्थानीय तहहरुलाई पठाइएको पत्रमा भनिएको छ, ‘समायोजन मिलान भई गएका कर्मचारीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारपूर्वक कामकाज लगाउन हुन यस मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०७९/९/८ को निर्णयअनुसार अनुरोध छ ।’

यसअघि धनुषाका चार वटा स्थानीय तह, बाँके र सुर्खेतका केही स्थानीय तहले झण्डै २ सय स्वास्थ्यकर्मीलाई तलब भत्ता खुवाउन नसकिने भन्दैं स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ