२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वचीन र जापानसहितका यी ८ देशमा उच्च कोभिड सङ्क्रमण 

चीन र जापानसहितका यी ८ देशमा उच्च कोभिड सङ्क्रमण 


विश्वव्यापी रूपमा कोभिड–१९ को सङ्क्रमण बुद्धिसँगै यी सात देशहरूको सङ्क्रमण दिनानुदिन बढिरहेको छ । विदेशी सञ्चारमाध्यमले नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षको यात्राको योजना बनाउँदा यात्रुहरूले कम्तीमा यी सात देशहरूमा यात्रा नगर्न पनि सुझाइरहेका छन् ।
चीन, जापान, अमेरिका, भारत, जर्मनी, दक्षिण कोरिया र ब्राजिल लगायतका देशमा बढी रहेको सङ्क्रमणलाई ध्यानमा राख्दै यी देशमा यात्रा नगर्न द इकोनोमिक टाइम्स न्युजले जनाएको छ ।

१. चीन
चीनले विदेशी यात्रालाई बेवास्ता गर्दै हाल यो सङ्क्रमण सूचीको शीर्ष स्थानमा रहेको छ । त्यस्तै यहाँ सङ्क्रमणको सङ्ख्या पनि बढेको छ । चिनियाँ अधिकारीहरूले डिसेम्बरको पहिलो २० दिनमा करिब २५ करोड मानिसहरू (जनसङ्ख्याको १८ प्रतिशत) कोभिड–१९ बाट सङ्क्रमित भएको अनुमान गरेका छन् । यसरी सङ्क्रमण बढ्नुमा बेइजिङले करिब तीन वर्षदेखि लगाइरहेको प्रतिबन्धलाई अचानक खारेज गर्नु पनि हुनसक्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । देशवासीहरूको विरोधका कारण त्यहाँको प्रतिबन्ध खुकुलो गरिएको थियो भने हाल चीनमा ओमिक्रोनको सब भेरिअन्ट बिफ ७ फैलिरहेको छ । भारतलगायत विभिन्न देशले चीनबाट आउने यात्रुको स्क्रिनिङ समेत सुरु गरेका छन् ।

२. जापान
जापानले हाल हरेक दिन २ लाख भन्दा बढी नयाँ कोभिड केसहरू रिपोर्ट गरिरहेको छ । जापानका स्वास्थ्य अधिकारीहरूले देशमा कोभिड भाइरसबाट एकै दिनमा ३७१ जनाको मृत्यु भएको बताएको छ, जुन २०२० मा महामारी सुरु भएयता एकै दिनमा सबैभन्दा धेरै हो । जापानले महामारीको आठौँ लहरको सामना गरिरहेको छ ।

३. अमेरिका
अमेरिकाले पनि कोभिडमा अचानक वृद्धि दर्ता गरिरहेको छ त्यहाँ विगत २८ दिनमा देशमा १५ लाख भन्दा बढी सङ्क्रमण केसहरू रिपोर्ट गरिएको छ । त्यस्तै त्यहाँ डिसेम्बर २१ मा कोभिड केसहरूको कुल सङ्ख्या १० करोड नाघेको छ । अमेरिकामा बढ्दो इन्फ्लुएन्जा र आरएसभिहरूको बिचमा, “ट्रिपलेडेमिक“ ले अमेरिकी स्वास्थ्य प्रणालीलाई थप तनाव दिन सक्ने जनाइएको छ ।

४.  दक्षिण कोरिया
दक्षिण कोरियामा डिसेम्बर २३ मा एकै दिन ६८,००० भन्दा बढी केसहरू रिपोर्ट गरिएका छन् । क्रिसमस सप्ताहान्तका समयमा कम परीक्षणका कारण सोमबार सङ्क्रमितको सङ्ख्या ३०,००० भन्दा तल झरेका छन् । दक्षिण कोरियाले  २५,५२५ नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको छ, जसमा विदेशबाट आएका ६७ वटा छन्, कुल सङ्ख्या २८,६८२,६००० पुगेको छ, योनहाप समाचार एजेन्सीले कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसिए) लाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

५. ब्राजिल
मिडिया रिपोर्टहरू अनुसार ब्राजिलले पनि उच्च सङ्ख्यामा कोभिड–१९ का केसहरू रिपोर्ट गरिरहेको छ । तर हाल त्यहाँ फैलिरहेको सङ्क्रमण नयाँ सबभेरियन्ट हो या होइन भन्ने चाहिँ पत्ता लागेको छैन ।
 

६. जर्मनी
जर्मनीले विगत केही दिनहरूमा दैनिक ४०,००० भन्दा बढी सङ्क्रमण दर्ता गरिरहेको छ ।

७. फ्रान्स
फ्रान्समा पनि विगत २८ दिनमा १० लाख भन्दा बढी सङ्क्रमण केसहरू पाइएको छ, र केसहरू पनि बढिरहेका छन् ।

८. भारत
भारतीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार डिसेम्बर २५ मा २२७ नयाँ सङ्क्रमित भेटिएको भारतले डिसेम्बर २६ मा १९६ नयाँ कोभिड केसहरू रिपोर्ट गरेको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ