२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

विपीका पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयको २४ घण्टे स्पष्टीकरण

विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देशकलाई पनि स्पष्टीकण सोधियो


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास समस्या समाधान उपसमितिको बैठकमा अनुपस्थिती भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ । स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले मन्त्रीस्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा बिना जानकारी अनुपस्थित भएको भन्दैं २४ घण्टाभित्र स्पष्टीकण पेश गर्न पत्र काटेका छन् ।

मन्त्रालयले १२ पुसमा प्रथम त्रैमासिकमा संचालित विकास कार्यक्रम आयोजनाहरुको समीक्षा गर्न विकास समस्या समाधान उपसमितिको बैठक डाँकेको थियो । उक्त बैठकमा विपी प्रतिष्ठानका पदाधिकारीहरुलाई बोलाइएको थियो ।

तर, प्रतिष्ठानका कुनै पनि पदाधिकारीहरु उक्त बैठकमा सहभागी भएनन् । त्यसकारण मन्त्रालयले २४ घण्टे स्पष्टीकरण काटेको हो । विपीका प्रतिष्ठानका अस्पताल निर्देशक र रजिष्ट्रारलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउनुहुन यस मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार जानकारी गराइन्छ ।

यस्तै, सोही व्यवहोराको स्पष्टीकरण महाराजगन्जस्थित विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका निर्देशकलाई पनि पठाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ