२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधी नीतिको मस्यौदा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा बनेको हो : औषधी व्यवस्था विभाग

औषधी नीतिको मस्यौदा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा बनेको हो : औषधी व्यवस्था विभाग


काठमाडौं—औषधी व्यवस्था विभागले राष्ट्रिय औषधी नीति, २०७९ को प्रारम्भिक मस्यौदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको जनाएको छ । राष्ट्रिय औषधी नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिइएको चर्चा चलिरहेका बेला उक्त चर्चाको खण्डन गर्दै मन्त्रालयले नै प्रारम्भिक मस्यौदा तयार पारेको उल्लेख गरेको छ ।

बिहीबार विभागले एक विज्ञप्ति जारी गर्दै नयाँ नीतिको प्रारम्भिक मस्यौदा सरोकारवालाहरुसँग व्यापक छलफल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा तयार गरेको र त्यसको व्यवस्थापकीय सहयोग मात्रै युएसएआईडी÷एमटिएपीएसले गरेको जनाएको छ । विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नै राष्ट्रिय औषधी नीतिको मस्यौदा तयार हुने र नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत हुने प्रावधान रहेको पनि स्मरण गराएको छ ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नै राष्ट्रिय औषधी नीतिको मस्यौदा तयार हुने र नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान हुनुपर्ने प्रावधान रहेको व्यवहोरा समेत अनुरोध छ,’ विभागका वरिष्ठ औषधी व्यवस्थापकको हस्ताक्षर रहेको विज्ञप्तिमा छ ।

विभागले यसअघिको राष्ट्रिय औषधी नीति, २०५१ लाई बदलिदो अन्तर्राष्ट्रिय चुनौतीसँग सामना गर्न सक्ने गरी क्षमता विकास गरी राष्ट्रिय औषधी उत्पादनमा थप आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ औषधी नीति निर्माणको चरण रहेको जानकारी समेत दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ