२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएपोनले टुंगो लगायो पदाधिकारीः वरिष्ठ उपाध्यक्षमा प्रधान र महासचिवमा अधिकारी

एपोनले टुंगो लगायो पदाधिकारीः वरिष्ठ उपाध्यक्षमा प्रधान र महासचिवमा अधिकारी


काठमाडौं–नेपाल औषधि उत्पादक संघ (एपोन) को नवनिर्वाचित कमिटीले पदाधिकारीको टुंगो लगाएको छ । शुक्रबार बसेको नवनिर्वाचित कमिटीको बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।

गत साता भएको अधिवेशनले जी नारायणबहादुर क्षेत्रीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । बाँकी पदाधिकारीको मनोनयन शुक्रबार बसेको बैठकबाट अध्यक्षले निर्वाचित सदस्यहरुबाट चयन गरेका हुन् ।

एपोनको विधानअनुसार प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष मात्र चयन हुने र अन्य सबै सदस्यमा निर्वाचित हुने प्रावधान छ । सोही प्रावधानअनुसार निर्वाचित सदस्यहरुबाट वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा रुङगटा र आमन्त्रित सदस्यमा प्रज्वलजंग पाण्डेलाई मनोनयन गरिएको छ ।

यस्तै, सदस्यहरुमा विजय राज शाक्य, दिपेन्द्र प्रधान, पृथ्वी राज भण्डारी, सुवर्णभक्त जोशी र प्रेम जटिया रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ