२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिमोकोकल खोपले बालबालिकामा ब्याक्टेरियाद्वारा हुने निमोनिया २६% ले घटायोः अध्ययन

निमोकोकल खोपले बालबालिकामा ब्याक्टेरियाद्वारा हुने निमोनिया २६% ले घटायोः अध्ययन


काठमाडौं—नेपाल सरकारले पछिल्लो राष्ट्रिय खोप कार्यक्रममा थपेको निमोनिया विरुद्धको खोप ‘निमोकोकल खोप’ले बालबालिकामा ब्याक्टेरियाका कारण हुने निमोनियामा धेरै नै कमी ल्याएको एक अध्ययनले देखाएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाल अनुसन्धान इकाईले अक्फोर्ड विश्वविद्यालय र गाभीको भ्याक्सिन एलाइन्सको सहयोगमा गरेको सो अध्ययनले त्यस्तो देखाएको हो ।

प्रतिष्ठानले सो खोपको विषयमा ६ वर्ष लगाएर अनुसन्धान गरेको थियो । सार्वजनिक गरेको अध्ययनको निचोडअनुसार सो खोप राष्ट्रिय खोप कार्यक्रममा समावेस गरेर बालबालिकामा दिन थालेपछि निमोकोकस बयाक्टेरिया प्रजातिमध्ये पिसिभी १० समावेस भएका प्रजातिहरुमा २ वर्षमुनिका वालवालीकाहरुमा ७५ प्रतिशत र २ देखि ५ वर्षमुनिका बालबालिकाहरुमा ४१ प्रतिशतले घटेको देखिएको उल्लेख छ ।

त्यसैगरी, निमोनिया भएका २ वर्षमुनिका बालबालिकामा नाकको पछाडिको भागमा देखिएको पिसिभी १० ब्याक्टेरिया ८२ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।

समग्रमा २ वर्षमुनिका बालबालिकामा ब्याक्टेरियाका कारण लाग्ने निमोनिया २६ प्रतिशतले घटेको देखिएको अध्ययनका प्रमुख अनुसन्धानकर्ता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रा.डा. श्रृजना श्रेष्ठले जानकारी दिइन् ।

‘राष्ट्रिय खोप कार्यक्रममा निमोकोकल खोप समावेस गरिएपछि दुई वर्षमुनिका बालबालिकाहरुमा निमोकोकस ब्याक्टेरियाले गराउने कडा खालका रोगहरुजस्तै निमोनिया, मेनीन्जाइटिस, सेप्सीस आदि घटेको देखियो भने निमोनिया भएका बालबालिकाहरुमा ब्याक्टेरियाबाट हुने खालको निमोनिया पनि घटेको देखियो,’ प्रा.डा. श्रेष्ठले भनिन्, ‘त्यस्तै बालबालिकाको नाकको पछाडिको भागमा सामान्यतयाः भेटिने निमोकोकसमा पिसिभी १० मा समावेश भएका प्रजाति (सेरो टाइप) घटेको पाइयो र तुलनात्मक रुपमा २ वर्षमुनिका बालबालिकामा यो अत्याधिक मात्रामा घटेको देखियो ।’

खोपको सुरुवातपछि खोपमा समेटिएको प्रजातिहरु तथा अन्य प्रजातिका संक्रमण दर के कस्तो अवस्थामा रहन्छ भनी मुल्यांङ्कन गर्न सर्वेक्षण अध्ययन जारी राख्न जरुरी भएको समेत उनले बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ