२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलोकतान्त्रिक प्यानलका १७ एजेण्डाः चिकित्सक ऐनदेखि चिकित्सकका लागि छुट्टै डेडिकेटेड अस्पतालसम्म

लोकतान्त्रिक प्यानलका १७ एजेण्डाः चिकित्सक ऐनदेखि चिकित्सकका लागि छुट्टै डेडिकेटेड अस्पतालसम्म


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनका लागि चिकित्सकहरुको लोकतान्त्रिक प्यानलले १७ बुँदे एजेण्डा सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्यानलले चिकित्सक ऐन ल्याउन पहल गर्नेदेखि चिकित्सक र उनीहरुका परिवारका लागि छुट्टै अस्पताल बनाउन पहल गर्नेसम्मका एजेण्डा सार्वजनिक गरेको हो ।

लोकतान्त्रिक प्यानलका तर्फबाट एनएमए अध्यक्षका उम्मेदवार डा. अनिलविक्रम कार्कीसहितको समूहले सार्वजनिक गरेको १७ प्रमुख एजेण्डामा तलब वृद्धिसहित चिकित्सकको आर्थिक उन्नतिका लागि थप पहल गर्ने, अनलाइन टिडिएसको व्यवस्था गर्ने, चिकित्सकको ड्युटी आवरलाई वैज्ञानिक गर्दै १५ दिनको पेड ट्राभल बिदाको व्यवस्था गर्न पहल गर्ने, चिकित्सक सेवा आयोगको व्यवस्था गर्न पहल गर्ने र दरबन्दी थपका लागि दबाब दिने कुरालाई प्रमुख एजेण्डाका रुपमा अगाडि सारिएको छ ।

यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ को सतप्रतिशत कार्यन्वयन गराउने, अस्पताल र स्वास्थ्य संस्था सुरक्षाका लागि छुट्टै स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने, पिजीको सिट संख्या बढाउँदैं एक वर्ष अनिवार्य अनुभवलाई हटाउन पैरवी गर्ने, ७ वटै प्रदेशमा एनएमएको सुविधासम्पन्न कार्यलय बनाउने र जेएनएमएलाई छुट्टै एकेडेमिक एण्ड रिसर्च विङगका रुपमा विस्तार गर्ने एजेण्डामा उल्लेख गरिएको छ ।

लोकतान्त्रिक प्यानलले एनएमए प्रिभिलेज कार्ड, सफ्ट लोनको व्यवस्था गर्ने, आवासीय चिकित्सकलाई सुत्केरी, बिरामी र क्रिया बिदाका लागि पहल गर्नेलगायतका कुरालाई पनि चुनावी एजेण्डाका रुपमा अगाडि सारेको छ ।

एजेण्डा सार्वजनिक कार्यक्रममा एनएमएका अध्यक्ष डा. लोचन कार्की, पूर्व अध्यक्ष मुक्ति श्रेष्ठ, ड. केदारनरसिंह केसी, महासचिव डा. बद्री रिजाललगायतको उपस्थिती रहेको थियो ।

लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा डा. कार्की, मधेश प्रदेश उपाध्यक्षमा डा. निरजकुमार सिंह, बागमती प्रदेश उपाध्यक्षमा डा. प्रकाश बुढाथोकी, गण्डकी प्रदेश उपाध्यक्षमा डा. राजन शर्मा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा. प्रशान्त भट्ट, महासचिवमा डा. संजीव तिवारी उम्मेदवार रहेका छन् । यस्तै, सदस्यहरुमा डा. अमित रन्जन मिश्र, डा. मनोहर दिन सैयद, डा. सिर्जना विष्ट, डा. किशोर खत्री, डा. तेजसु सिंह मल्ल र डा. योभिन कुमार यादव उम्मेदवार छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ