२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश सम्मानित

नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश सम्मानित


काठमाडौं कलंकीस्थित नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेल सम्मानित भएका छन् । आइतबार लैनचौरस्थित टेबल टेनिस हलमा आयोजित एक कार्यक्रममाझ मदन भण्डारी स्पोर्टस एकेडेमीले डा. पौडेललाई सम्मानित गरेको हो ।

एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले डा. पौडेललाई सम्मान पत्र प्रदान गरेका थिए । नेपाल नेशनल हस्पिटलले मदन भण्डारी स्पोर्टस एकेडेमीसँग सहकार्य गर्दै आएको छ । ओली मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक समेत हुन् ।

तस्विरःनवराज वाग्ले/हेल्थआवाज

एकेडेमीले डा. पौडेललाई राष्ट्रका गहनाका रुपमा रहेका खेलाडी, खेलाडीका परिवारको स्वास्थ्य उपचारमा सेवा योगदान पुर्याएको भन्दैं सम्मान गरेको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले सबैका लागि खेल भन्दै नाराका साथ आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषा किरण भण्डारी रहेकी थिइन् । साथै, उक्त कार्यक्रममा समाजसेवी, पत्रकार, कलाकार, चिकित्सक, विद्यार्थी, खेलाडी र खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खेलाडीहरुले आफ्नो कलाहरु प्रदर्शन गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ