२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश ५ को पहिलो ट्रमा सेन्टरको औपचारिक सुरुवात

प्रदेश ५ को पहिलो ट्रमा सेन्टरको औपचारिक सुरुवात


बुटवल–१६ करोडमा निमार्ण भएको तिनाउ इन्टरनेशनल हस्पिटल एन्ट ट्रमा सेन्टर प्रालिको विधिवत सुरु गरिएको छ । शुक्रवार एक कार्यक्रमबीच प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले तिनाउ इन्टरनेशनलको शुभारम्भ गरे । सो अवसरमा सभामुख घर्तीले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व भएको बताए । उनले सबै जनतालाई सहज स्वास्थ्यको पहुँचमा पु¥याउनु पर्नेमा जोड दिए । गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको अधिकारप्रति सरकार सचेत रहनु पर्ने उनको भनाई थियो ।

सभामुख घर्तीले प्रदेशमा स्वास्थ्यकर्मीको संख्या १३ सय ३४ रहेको उल्लेख गर्दै स्वास्थ्य सेवाका लागि यो संख्या निकै कमी भएकाले कानुन बनाएर स्वास्थ्यकर्मीको संख्या बढाइने प्रतिबद्वता जनाए ।

शुभारम्भ कार्यक्रममा बोल्दै देबदह नगरपालिकाका प्रमुख हिरा केसीले गुणस्तरीय स्वास्थ्य सेबाको अधिकारबाट जनतालाई बन्चित गर्न नहुने बताए । उनले संविधान अनुसार काम गरिए सबै क्षेत्रको लक्ष्यप्राप्ती हुने बताउंदै संविधानले दिएको अधिकारको आधारमा नयां कानुन बनाउनु पर्नेमा जोड दिए । उनले राज्यले दिने स्वास्थ्य सेवा सुबिधा निजी क्षेत्रले दिएपनि नीजि क्षेत्रलाई राज्यले केही नदिएको बताए ।

सवारी दुर्घटनाको प्रसंग जोड्दै पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष ददि खरेलले ट्रमा सेन्टरको आबश्यकता पूर्ति हुने विश्वास व्यक्त गरे । उनले स्वासथ्य सेबालाई पैसासंग नजोड्न आग्रह गर्दै मानिसको स्वास्थ्यमा ख्याल गर्न आग्रह गरे ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमाल, अस्पतालका सञ्चालक तथा सल्लाहाकार चिरन्जीवी जोशी लगायतले बोल्दै अस्पतालले सेवा भावलाई प्राथमिकता दिनुपर्नेमा जोडदिएका थिए ।

बुटवलमा पहिलो पटक सञ्चालनमा आएको ट्रमा सेन्टरबाट हाडजोर्नी, तथा ट्रमा सेवा, नशा तथा स्पाइन सर्जरी, न्यूरो सर्जरी, स्त्री रोग, नांक कान घांटी लगायतका सेवा उपलव्ध छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ